५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अर्थतन्त्रमा संकट, तलब खुवाउन सरकारलाई समस्या



काठमाडौं,सरकारकाे राजस्व सङ्कलनमा चालू पाँच महिनामा गतवर्षकाे भन्दा २२%ले कम भएकाे छ।सरकारी खातामा जम्मा भएकाे राजस्वले सरकारकाे प्रशासनिक खर्चसमेत नधान्ने भएपछि सरकारले कर्मचारीहरुलाई तलब खुवाउन समस्या भएकाे छ।

चालू आर्थिक वर्षकाे पाँच महिनामा राजस्व रु ३ खरब २६ अरब संकलन भएकाेमा सरकारकाे प्रशासनिक खर्च ३ खरब ५४ अरब रहेकाे छ।यसबाट सरकार २८ अरबले घाटामा रहेकाेले सरकारले प्रशासनिक खर्च अर्थात तलब खुवाउन समेत ऋण खाेज्नुपर्ने अवस्था आएकाे छ।

गत वर्ष यहि अवधिमा ४ खरब १६ अरब राजस्व संकलन भएकाे थियाे जबकि राजस्व ११ खरब ८ अरबकाे अनुमान गरिएकाे थियाे। चालू वर्षमा १४ खरब ३ अरब राजस्व उठ्ने अनुमान गरिदा गतवर्षकाे आधारले पनि ४ खरब ९५ अरब राजस्व संकलन हुनपर्नेमा राजस्व २२%ले कमि भएकाे छ।

आम्दानीले खर्च धान्न नसकेकाे हुनाले सरकारलाई गम्भीर आर्थिक संकट रहेकाे सहजै आकलन गर्न सकिन्छ।अर्थमन्त्रालयकाे एक पूर्व सचिव  राजस्व यसरी कम उठेर खर्च धान्न नसके देशमा गम्भीर आर्थिक संकट आउन सक्ने बताउनुहुन्छ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ४ : ४७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज