४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर,हिलीहाङ-३ का युवा व्यवसायी पदम योङहाङको बेलबारीमा ‘ई यालाङ सेकुवा हब’ औपचारिक रूपमा सञ्चालनमा



पाँचथर हिलीहाङ-३, काभ्रेका युवा व्यवसायी पदम योङहाङको  बेलबारी नगरपालिका-३ स्थित मालपोत लाइनमा आधुनिक तथा मौलिक शैलीमा निर्माण गरिएको ‘ई यालाङ सेकुवा हब’ औपचारिक रूपमा शुक्रबारदेखि सञ्चालनमा आएको छ ।

स्थानीय स्वाद, मौलिक परिकार र आकर्षक वातावरणलाई प्राथमिकतामा राखेर स्थापना गरिएको ‘ई यालाङ सेकुवा हब’ले बेलबारीको आतिथ्य तथा खानपान व्यवसायमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । होटलको भित्री सजावट परम्परागत र आधुनिक शैलीको सुन्दर संयोजनमा तयार गरिएको छ भने ग्राहकको सहजता, आराम र पारिवारिक वातावरणलाई विशेष ध्यानमा राखेर संरचना निर्माण गरिएको सञ्चालक पक्षको तर्फबाट हाल बेलबारीमा बसोबास गर्नुहुने व्यवसायी योङहाङले जनाउनु भएको छ ।

होटल पदम लिम्बु र उनकी श्रीमती इन्द्रता लिम्बुको संयुक्त पहल तथा लगानीमा सञ्चालनमा ल्याइएको हो । स्थानीय उत्पादन, स्वादिष्ट सेकुवा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्यसहित सञ्चालनमा आएको यस होटलले पारिवारिक भेटघाटदेखि विभिन्न सामाजिक कार्यक्रमका लागि समेत उपयुक्त वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ ।

उहाँहरुको यसअघि पाथिभरा आल्मोनियम लगायत अन्य व्यवसाय समेत सन्चालनमा छ ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ८ : ३९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज