१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भ्वाईसमा टप फाेरकाे लागि एकमात्र महिला प्रतिष्पर्धी सविना याेङहाङ



काठमाडौं,रियालीटी शाे द भ्वाइस अफ नेपालकाे सिजन फाेरमा अहिले उत्कृष्ठ बाह्र,उत्कृष्ठ आठ पछि उत्कृष्ठ चारकाे लागि भाेटिङ भइरहेकाे छ।रियालिटी शाेमा टप फाेरकाे लागि एकमात्र महिला प्रतिष्पर्धीकाे रुपमा झापा हल्दिवारीकाे सविना याेङहाङ लिम्बु आफ्नाे शानदार प्रस्तुती र सुरिलाे स्वरकाे कारण दावेदारिता पेश गरिरहेकि छिन्।

ब्लाइन्डदेखि नै आफ्नाे छुट्टै र जाेशिलाे प्रस्तुतिकाे कारण दर्शक र काेचहरुकाे मन जित्न सफल सविनालाई उत्कृष्ठ आठमा पुग्न धेरै प्रतिष्पर्धीहरुसँग प्रतिष्पर्धा गर्नु परेकाे थियाे। स्व. बुबाकाे सपना साकार पार्न गायनमा हाेमिएकी चेलीलाई सहयाेग गर्न विभिन्न अभियानहरु सन्चालित छन्।हिलिहाङ मिडियाले ‘सविनालाई साथ र सहयाेग’ अभियानबाट सविनालाई टप फाेरमा पुर्याउनलाई पाँचथर लगायत पूर्वका विर्तामाेड,दमक ,धरान ,इटहरि,विराटनगर तथापश्चिमकानेपालगन्ज,सुर्खेत,धनगढि,कन्चनपुर,बुटवलपाेखरा,चितवनमा  कलेज र मिडियालक्षित कार्यक्रमबाट भाेटिङ गरिरहेकाे छ।

नेपालगन्ज र सुदुरपश्चिममा अभियानमा लागीरहनु भएका कैलालीबाट बामदेव ढकाल, काेहलपुरका सनत शर्मा तथा अछामका सुनिता पौडेलले सुदुर पश्चिमबाट सविना चेलिलाई राम्राे साथ र सहयाेेग रहेकाे बताउनुभयाे।

उता कर्णाली प्रदेशकाे सुर्खेतबाट दुर्गा शाक्य एवम् मधेश प्रदेशकाे  सिमरा,लालबन्दीमा सविनालाई साथ र सहयाेग अभियानमा जाेडिनु भएकाे चन्द्र लिम्बुले सविनालाई टप फाेरकाे लागि राम्राे साथ रहेकाे जनाउनु भयाे।

पाेखराबाट  भरत गुरुङ तथा चितवनबाट समीक्षा लम्साल लगायतले याे अभियानमा साथ दिइरहनुभएकाे छ र सौहाद्रपूर्णरुपमा भाेटिङ भइरहेकाे बताउनुभयाे।

पूर्वकाे बासिन्दा तथा इटहरीका कलाकार गजेन्द्र याेङहाङले आफुहरु सविनालाई  साथ र सहयाेग अभियानमा दत्तचित्तकाे साथ भाेटिङमा लागिपरेकाे बताउनुभयाे।काठमाडौबाट याेङहाङ समाजका अध्यक्ष नेत्रविक्रम याेङहाङले चेलीलाई जिताएर उनकाे स्व. बुबाकाे सपना पूरा गर्न  सविनालाईभाेट गर्न अपिल गर्नुभयाे।

हिलिहाङ डटकमका कार्यकारी सम्पादक रीता थाम्सुहाङले गर्विलाे र सुरिलाे स्वरलाई भ्वाइसकाे शानदार खाेजकाे रुपमा जिताउन सम्पूर्ण संगितप्रेमी महानुभावहरुलाई अपिल गर्नुभएकाे छ।उहाँले शुरुदेखि नै याे अभियानमा जाेडिएर सविनालाई भाेट गरेर उत्कृष्ठ बाह्रबाट आठमा पुर्याउन मद्धत गर्नुहुने सम्पूर्ण देशविदेशमा रहनुहुने संगितप्रेमि महानुभावहरुमा आभार तथा धन्यवाद दिनुहुदै टप फाेरकाे लागि फेरिपनि भाेट गर्नहुन हार्दिक अनुराेध गर्नुभयाे।

राजनितीकर्मी प्रदिप याेङहाङले काठमाडौमा सविना याेङहाङ जिताओ अभियानमार्फत देशविदेशबाट भाेटकाे लागि सहयाेग जुटिरहेकाे र अझै धेरै भाेटकाे आवश्यकता रहेकाे बताउनुभयाे।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १० : ४८ बजे

विर्तामोडको नेपाल शिक्षक महासंघको अध्यक्षमा युवराज कट्टेल पुन: निर्वाचित

विर्तामोड,झापाको विर्तामोड नगरपालिकामा युवराज कट्टेलको अध्यक्षतामा नेपाल शिक्षक महासंघ गठन

ललितपुरमा पाँचथर फाल्गुनन्दको एक महिलाको शव भेटियो ।

काठमाडौं,ललितपुरको महालक्ष्मीस्थानमा पाँचथरको एक महिलाको शव भेटिएको छ । जिल्ला

आजबाट एसईई परिक्षा शुरु,पाँचथरबाट २ हजार ८९९ जनाले परिक्षा दिदै

फिदिम,आजबाट माध्यमिक शिक्षा उत्तिर्ण परिक्षा एसईई शुरु हुदैछ । यस

यो वर्ष झापा जिल्लाबाट १५ हजार ८२२ परीक्षार्थीले एसईई परिक्षा दिदै

विर्तामोड,आजबाट माध्यमिक शिक्षा उत्तिर्ण परिक्षा एसईई शुरु हुदैछ । यस

“डेढलाख शिक्षकहरुको आन्दोलनबाट प्राप्त सम्झौतामा अन्तिम हस्ताक्षर मैले गरेको हुं ।”अध्यक्ष सोमनाथ गिरी

पाँचथर, नेपाल शिक्षक संघको संघिय अध्यक्ष सोमनाथ गिरीले काठमाडौंमा शिक्षकहरुले