१४ आश्विन २०८०, आइतबार | October 1, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भ्वाईसमा टप फाेरकाे लागि एकमात्र महिला प्रतिष्पर्धी सविना याेङहाङ



काठमाडौं,रियालीटी शाे द भ्वाइस अफ नेपालकाे सिजन फाेरमा अहिले उत्कृष्ठ बाह्र,उत्कृष्ठ आठ पछि उत्कृष्ठ चारकाे लागि भाेटिङ भइरहेकाे छ।रियालिटी शाेमा टप फाेरकाे लागि एकमात्र महिला प्रतिष्पर्धीकाे रुपमा झापा हल्दिवारीकाे सविना याेङहाङ लिम्बु आफ्नाे शानदार प्रस्तुती र सुरिलाे स्वरकाे कारण दावेदारिता पेश गरिरहेकि छिन्।

ब्लाइन्डदेखि नै आफ्नाे छुट्टै र जाेशिलाे प्रस्तुतिकाे कारण दर्शक र काेचहरुकाे मन जित्न सफल सविनालाई उत्कृष्ठ आठमा पुग्न धेरै प्रतिष्पर्धीहरुसँग प्रतिष्पर्धा गर्नु परेकाे थियाे। स्व. बुबाकाे सपना साकार पार्न गायनमा हाेमिएकी चेलीलाई सहयाेग गर्न विभिन्न अभियानहरु सन्चालित छन्।हिलिहाङ मिडियाले ‘सविनालाई साथ र सहयाेग’ अभियानबाट सविनालाई टप फाेरमा पुर्याउनलाई पाँचथर लगायत पूर्वका विर्तामाेड,दमक ,धरान ,इटहरि,विराटनगर तथापश्चिमकानेपालगन्ज,सुर्खेत,धनगढि,कन्चनपुर,बुटवलपाेखरा,चितवनमा  कलेज र मिडियालक्षित कार्यक्रमबाट भाेटिङ गरिरहेकाे छ।

नेपालगन्ज र सुदुरपश्चिममा अभियानमा लागीरहनु भएका कैलालीबाट बामदेव ढकाल, काेहलपुरका सनत शर्मा तथा अछामका सुनिता पौडेलले सुदुर पश्चिमबाट सविना चेलिलाई राम्राे साथ र सहयाेेग रहेकाे बताउनुभयाे।

उता कर्णाली प्रदेशकाे सुर्खेतबाट दुर्गा शाक्य एवम् मधेश प्रदेशकाे  सिमरा,लालबन्दीमा सविनालाई साथ र सहयाेग अभियानमा जाेडिनु भएकाे चन्द्र लिम्बुले सविनालाई टप फाेरकाे लागि राम्राे साथ रहेकाे जनाउनु भयाे।

पाेखराबाट  भरत गुरुङ तथा चितवनबाट समीक्षा लम्साल लगायतले याे अभियानमा साथ दिइरहनुभएकाे छ र सौहाद्रपूर्णरुपमा भाेटिङ भइरहेकाे बताउनुभयाे।

पूर्वकाे बासिन्दा तथा इटहरीका कलाकार गजेन्द्र याेङहाङले आफुहरु सविनालाई  साथ र सहयाेग अभियानमा दत्तचित्तकाे साथ भाेटिङमा लागिपरेकाे बताउनुभयाे।काठमाडौबाट याेङहाङ समाजका अध्यक्ष नेत्रविक्रम याेङहाङले चेलीलाई जिताएर उनकाे स्व. बुबाकाे सपना पूरा गर्न  सविनालाईभाेट गर्न अपिल गर्नुभयाे।

हिलिहाङ डटकमका कार्यकारी सम्पादक रीता थाम्सुहाङले गर्विलाे र सुरिलाे स्वरलाई भ्वाइसकाे शानदार खाेजकाे रुपमा जिताउन सम्पूर्ण संगितप्रेमी महानुभावहरुलाई अपिल गर्नुभएकाे छ।उहाँले शुरुदेखि नै याे अभियानमा जाेडिएर सविनालाई भाेट गरेर उत्कृष्ठ बाह्रबाट आठमा पुर्याउन मद्धत गर्नुहुने सम्पूर्ण देशविदेशमा रहनुहुने संगितप्रेमि महानुभावहरुमा आभार तथा धन्यवाद दिनुहुदै टप फाेरकाे लागि फेरिपनि भाेट गर्नहुन हार्दिक अनुराेध गर्नुभयाे।

राजनितीकर्मी प्रदिप याेङहाङले काठमाडौमा सविना याेङहाङ जिताओ अभियानमार्फत देशविदेशबाट भाेटकाे लागि सहयाेग जुटिरहेकाे र अझै धेरै भाेटकाे आवश्यकता रहेकाे बताउनुभयाे।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १० : ४८ बजे

एसियाली खेलकुदमा १०० मिटरकाे दुवै स्वर्ण चीनले जित्यो ।

काठमाडौं,चिनकाे हान्चाउ शहरमा जारी २५ ओ एसियाली खेलकुद अन्तर्गत १००

याे वर्षको एसइई परीक्षा चैत्र दाेेश्राे हप्तादेखि हुने

काठमाडौं,राष्ट्रिय परीक्षा वाेर्डले २०८० सालकाे माध्यमिक शिक्षा परिक्षा एसईई चैत्रकाे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता