२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“ओलीले यसपालि बेसारकाे राेटी खान्छ”-डा.खगेन्द्र पाण्डव अधिकारी



दमक,चुनावी महाभिडन्तमा दाेश्राेपटक आमनेसामने भएका झापा-५ का नेपाली काङ्ग्रेसको उम्मेदवार डा.खगेन्द्र पान्डव अधिकारीले प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले यसपटकको निर्वाचनमा बेसारकाे राेटी खाने बताउनुभएको छ।एक प्रसङ्गमा ओली जस्तै उखानटुक्का उल्लेख गर्दै डा.अधिकारीले साे कुरा बताउनु भयाे।

गत स्थानीय निर्वाचनमा दमकमा राप्रपालाई सहयाेग गरिएको र साे गठबन्धन प्रतिनिधि सभाकाे चुनावसम्म रहने उल्लेख गर्दै विज्ञानमा पिएचडी डा.अधिकारीले थप्नु भयाे “हामीले असारमा राप्रपाकाे खलाेमा धान थ्रेसर गर्यौ अब हाम्रो खलाेमा थ्रेसर गर्ने हाे।” डा.अधिकारीले सुकुम्बासी,भाेकाे,गरिव जनताकाे पेट मारेर भ्यु टावर निर्माणकाे कुनै तुक र अर्थ नरहेको बताउदै दृश्यावलाेकनकाे लागि केही माथि चुलीमा गए आन्तरिक पर्यटनको विकास हुने बताउनुभयो ।

पटकपटक जितेर याे पटक पनि जित्नखाेज्दा ओलिले बेसारकाे राेटी खाने चर्चा गर्दै उखान सुनाउनुभयो “एउटा मान्छे सधैं पाहुना जादा बेसारकाे पाेकाे काेसेलि लादाे रहेछ,महिनौंसम्म पाहुना नगएपछि घरमा जहानछाेराछाेरीले सम्झिएकाे कुरा घरबेटीले सम्झाउदा बेसार नै नसकि के जानू भनेछ। अब घरबेटीले बेसारकाे सिङ्गै राेटी पकाएर दिएपछि बेसारकाे तिताे राेटी खान नसकि घरतिर भागेछ,त्यसैले याे चाेटी बेसारकाे राेटी ओलीले खानेछ।”

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ८ : ५० बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक