५ फाल्गुन २०८१, सोमबार | February 18, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“ओलीले यसपालि बेसारकाे राेटी खान्छ”-डा.खगेन्द्र पाण्डव अधिकारी



दमक,चुनावी महाभिडन्तमा दाेश्राेपटक आमनेसामने भएका झापा-५ का नेपाली काङ्ग्रेसको उम्मेदवार डा.खगेन्द्र पान्डव अधिकारीले प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले यसपटकको निर्वाचनमा बेसारकाे राेटी खाने बताउनुभएको छ।एक प्रसङ्गमा ओली जस्तै उखानटुक्का उल्लेख गर्दै डा.अधिकारीले साे कुरा बताउनु भयाे।

गत स्थानीय निर्वाचनमा दमकमा राप्रपालाई सहयाेग गरिएको र साे गठबन्धन प्रतिनिधि सभाकाे चुनावसम्म रहने उल्लेख गर्दै विज्ञानमा पिएचडी डा.अधिकारीले थप्नु भयाे “हामीले असारमा राप्रपाकाे खलाेमा धान थ्रेसर गर्यौ अब हाम्रो खलाेमा थ्रेसर गर्ने हाे।” डा.अधिकारीले सुकुम्बासी,भाेकाे,गरिव जनताकाे पेट मारेर भ्यु टावर निर्माणकाे कुनै तुक र अर्थ नरहेको बताउदै दृश्यावलाेकनकाे लागि केही माथि चुलीमा गए आन्तरिक पर्यटनको विकास हुने बताउनुभयो ।

पटकपटक जितेर याे पटक पनि जित्नखाेज्दा ओलिले बेसारकाे राेटी खाने चर्चा गर्दै उखान सुनाउनुभयो “एउटा मान्छे सधैं पाहुना जादा बेसारकाे पाेकाे काेसेलि लादाे रहेछ,महिनौंसम्म पाहुना नगएपछि घरमा जहानछाेराछाेरीले सम्झिएकाे कुरा घरबेटीले सम्झाउदा बेसार नै नसकि के जानू भनेछ। अब घरबेटीले बेसारकाे सिङ्गै राेटी पकाएर दिएपछि बेसारकाे तिताे राेटी खान नसकि घरतिर भागेछ,त्यसैले याे चाेटी बेसारकाे राेटी ओलीले खानेछ।”

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ८ : ५० बजे

उपन्यासकार मनु योङहाङको उपन्यास थोक्फेलाको विमर्श तथा पुस्तक चर्चा सम्पन्न ।

माइधार, झापा । पाँचथर हिलिहाङका उपन्यासकार मनु योङहाङको चौथो कृति

ताप्लेजुङमा बन्द जारी, नेता प्रदीप मादेन पक्राउ

ताप्लेजुङ, ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट प्रहरीले बजार बन्द गराउँदै हिडेका

प्राकृतिक विपत्ति र‍‍ोक्न हेंवा खोलामा क्षमा पूजा गरिने

हिलिहाङ। पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिकाको बिचमा रहेको हेवाँ

पतिको रिसले सल्यानमा एक महिलाद्वारा दुई छोरीको हत्या

कुपिण्डे । २६ वर्षीया पूर्णिमा राना मगरलाई दुई छोरीको हत्या

आजको भू-कम्पले सोलुखुम्बुका २ घर भत्कियो ।

सोलुखुम्बु : आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु