१२ बैशाख २०८२, शुक्रबार | April 25, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“संबिधानकाे संरक्षण र पाँचथरकाे विकासकाे लागी जनमत”-रुप नारायण जवेगु ,सभापति ,नेका पाँचथर



फिदिम,नेपाली काङ्ग्रेस पाँचथरका सभापति रुपनारायण जवेगुले संबिधानकाे संरक्षण र समग्र पाँचथरकाे विकासकाे लागी जनमतकाे विकल्प नरहेकाे बताउनु भएकाे छ। समसामयिक राजनिति र पाँचथरकाे लाेकतान्त्रिक वामगठबन्धनकाे चुनावी कमान्डरकाे हैसियतले हिलिहाङ डटकमकाे पाँच सवालकाे जवाफ दिदै सभापति जवेगुले साे कुरा बताउनु भएकाे हाे।प्रस्तुत छ,सभापति रुप नारायण जवेगुसँग गरिएका पाँच सवालहरु-

सवाल-१,समग्र पाँचथर जिल्लाकाे ६० वटै वडाहरुकाे चुनावी अवस्था के रहेकाे छ?
जवाफ-१-आठ पालिका र ६० वटा वडाहरुमा लाेकतान्त्रिक गठबनेधनकाे अवस्था अपेक्षागरे अनुरुपकाे नै छ।स्थानिय निर्वाचनमा १ नगरपालिकासहित ७ वटा पालिका र ४० वटा वडाहरु जित्नुकाे साथै जिससमा पनि विजयी भएकाेले वडागत नतिजामा हामी १२,००० मतले बढी छाै। आज घरदैलाे गर्दै गर्दा मुलुकलाई निकास दिन याे गठबन्धनकाे आवश्यकता र बाध्यता भएकाे जनताले महशुश गर्नुभएकाे छ।संघिय लाेकतान्त्रिक संबिधानलाई संरक्षण गर्न केपी ओलीकाे नेतृत्वकाे सरकारले संबिधान मिचेर नेपाली जनताकाे हक अधिकार खाेसेकाेले याे गठबन्धनले निर्वाचन जित्न आवश्यक छ।

सवाल-२,पाँचथरे जनताले गठबन्धनलाई नै मत दिनपर्ने २ कारणहरु के के छन् त?
जवाफ-२-पहिलाे मुलुकलाई संबिधानकाे रक्षा गर्दै बचाउनु र दाेश्राे गठबन्धन ठिक र समयकाे आवश्यकता तथा एकलाैटी ठिक नदेखिएकाे हुनाले मत दिन आवश्यक छ।

सवाल-३,सत्तारुढ दलकाे सबैभन्दा ठूलाे घटक नेपाली काङ्गेस पाँचथरकाे सभापति जस्ताे गरिमामय नेतृत्वमा रहनु भएकाे हुनाले पाँचथरे जनताप्रति तपाईका आशा र भराेशा के के हाेलान्?
जवाफ-३-मुलुककै सबैभन्दा ठूलाे पार्टी नेपाली काङग्रेस २०७४काे वाम गठबन्धनकाे कारण दाेश्राे दल बन्न पुग्याे तर मुलुककाे निम्ती काङ्गेसकाे आवश्यक रह्याे भन्ने अपेक्षा मतदाताहरुले गरिरहनु भयाे।नेपाली काङ्ग्रेसले शुरु गरेका गाैरवका याेजनाहरुलाई पूरा गर्ने जनताकाे आशा र जब जब मुलुकमा समस्या आउँछ तब देश बचाउन नेपाली काङग्रेसकाे आवश्यकता छ र मतदाताहरुले रुख चिन्हमा काङग्रेसलाई मतदान गर्नुहुनेछ।

सवाल-४,नेकपा एमालेकाे आक्रामक चुनावी अभियानकाे सामना कसरी गर्नुहुन्छ?
जवाफ-४-२०४८ २०५६ र २०७४मा पटकपटक निर्वाचित भएर २०७५मा वार्षिक १५,००० कराेडकाे भाैतिक तथा पूर्वाधार मन्त्रालय चलाउँदासमेत पाँचथरमा कुनै सम्झनलायक काम नगरेकाे तर २०७० सालमा संबिधान सदस्य निर्वनचित हुनुभएका हाम्रा उम्मेद्वारले संबिधान निर्माण लगायत विकास निर्माणका कामहरु गरेकाे र पुर्वान्चलकै पावरफूल केन्द्रिय पदाधिकारी हुनुका साथै आगामी सरकारमा गतिलाे मन्त्रालय पाएर जिल्लाकाे विकास निर्माणमा कायापलट हुनेछ साथै इमान्दार र सादगी नेता कमल प्रसाद जवेगुकाे निष्ठा र समर्पण एवम् विकासप्रेमी नेता इन्द्र आङ्बाे जाे भावी प्रदेशकाे मुख्यमन्त्री बन्नुहुने यथार्थतालाई मतदाता सामु लैजान्छाै।

सवाल-५,याे चुनावी परिवेशमा चुनावी कमान्डरकाे हैसियतले थप केहि पाँचथरे मतदाताहरुलाई भन्नु छ कि?
जवाफ-५-उत्तरमा च्याङथापुकाे तिम्तिम्बाे देखि दक्षिणमा दुर्दिम्बाकाे बर्नेसम्म चुनावी कमान्डरकाे हैसियतले पाँचथरकाे पूर्वाधार विकास र शैक्षिक अवस्था सुधारकाे निम्ति गठबन्धनका साझा उम्मेद्वारहरुलाई जिताउनकाे निम्ति पाँचथरका मतदाताहरुलाई आग्रह गर्दछु साथै गठबन्धन बाहेकका सचेत मतदाताहरुलाई हार्दिक अनुराेध गर्दछु।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ९ : ४० बजे

आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्काउनू : सर्वोच्च अदालत

काठमाडौं : सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र स्कुल फर्काउने वातावरण

नेपाल शिक्षक महासंघले कक्षा-१२ को परिक्षामा शिक्षक, प्रअहरुलाई सहभागी नबन्न निर्देशन

काठमाडौं, नेपाल शिक्षक महासंघले काठमाडौमा जारी शिक्षक आन्दोलनकै क्रममा कक्षा-१२

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले

ताप्लेजुङ पाथीभरा क्षेत्रमा बोलेरोमा करेन्ट लाग्दा चारजनाको निधन, दुईजना सख्त घाइते

ताप्लेजुङ,ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा आज एकाबिहानै  बोलेरोमा करेन्ट लागेर दु:खद 

शिक्षक आन्दोलन थप शसक्त, स्थागत विद्यालयसमेत बन्द गर्न नेपाल शिक्षक महासङ्घको आग्रह

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले शिक्षक  आन्दोलन थप शसक्त बनाउने