१४ आश्विन २०८०, आइतबार | October 2, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“सम्बिधान र लाेकतन्त्रकाे रक्षार्थ र अधुराे याेजनाहरु पूरा गर्ने मेराे प्रण”-अर्थ मन्त्री इन्द्रबहादुर आङ्बाे



फिदिम,प्रदेश-१ का अर्थ तथा भाैतिक पूर्वाधार मन्त्री एवम् पाँचथर प्रदेश सभा-१खका प्रदेश सभा सदस्य पदका उम्मेद्वार इन्द्रबहादुर आङबाे माैसमले सम्बिधान र लाेकतन्त्रकाे रक्षार्थ तथा दशाै अरवकाे बजेट पाँचथरकाे पूर्वाधारमा विनियाेजन गरेकाेले अधुरा याेजनाहरु पूरा गर्न आफनाे निरन्तरता रहेकाे बताउनुभएकाे छ।हिलिहाङ डटकमकाे पाँच सवाल स्तम्भमा कुरा गर्दै मन्त्री आङ्बाेले साे बताउनुभएकाे हाे।प्रस्तुत छ मन्त्री आङ्बाेसँग हिलिहाङ डटकमले गरेकाे पाँच सवालजवाफहरु-

सवाल एकमन्त्रीज्यू,तपाईलाई जनताले भाेट दिनपर्ने कारणहरु के हाेला?
जवाफ एक-प्रदेश सरकारमा चार वर्ष निरन्तर अर्थमन्त्री हुँदा इतिहासमा नै पाँचथरकाे पूर्वाधारमा १० अरव मध्ये ५ अरव याे क्षेत्रमा ल्याएकाेले अधुरा याेजनाहरु पूरा गर्न,नयाँ याेजनाहरु ल्याउन र उत्पादन तथा राेजगारी वृद्धी गरी वैदेशिक रा्जगारीकाे लागी जाने प्रथालाई कम गर्न मेराे निरन्तरता आवश्यक छ।केपी ओलीले सम्बिधानमाथि गरेकाे प्रहार तथा समृद्धी र विकासकाे निम्ती मलाई मतदान गर्नुहुनेछ।

सवाल दुइ-अघिल्लाे गठबन्धन र पछिल्लाे गठबन्धनमा फरक के छ ?
जवाफ दुइ-मेराे निम्ति सङ्याेग मिलेकाे छ।अघिल्लाे पटक वाम गठबन्धन,स्थिरता,समृद्धी र समाजवादकाे निम्ति गठबन्धनमा गएका थियाै तर दुर्भाग्य केपी ओलीकाे सनककाे कारण,अधिनायकबादी चिन्तनकाे कारण साे दुइतिहाइ तहसनहस बन्याे र अहिलेकाे नयाँ परिवेशकाे लाेकतान्त्रिक वाम गठबन्धन बनेकाे हाे। हिजाे स्थिरता र समृद्धीकाे निम्ती भने आजकाे गठबन्धन सम्बिधान र लाेकतन्त्रकाे रक्षा तथा समृद्धीकाे निम्ती हाे।

सवाल तिन-याे क्षेत्रकाे निर्वाचित प्रदेश सभा सदस्य र बहालवाला मन्त्रीकाे हैसियतले गर्नुभएकाे सम्झनलायक कुनै तिन कामहरु के के छन्?

जवाफ तिन-पहिलाे पूर्वाधार निर्माणमा ब्यापक सडक सन्जाल निर्माण गरेकाे छु। आज प्रत्येक गाँउपालिकाकाे केन्द्र सडक सन्जालले जाेडिएकाे छ। यासाेक बजार,माैवा बजारमा ढल निर्माण गरिएकाे छ। दाेश्राे खानेपानीमा एक घर एक धारा निर्माण गरेर प्रत्येक घर र जनताहरुले स्वच्छ पिउने पानी पाएका छन् भने तेश्राे सिचाइ र कृषीमा स्विश सरकारकाे सहयाेगमा एक सयवटा सिचाइ आयाेजनाहरु सन्चालन गरेर किसानलाई राहत र कृषी उत्पादनमा बृद्धी भएकाे छ।

सवाल चार-याे क्षेत्रकाे अठ्ठाइसओटै वडाकाे मतदाताहरुकाे आशा अपेक्षा के पाउनु भएकाे छ ?

जवाफ चार-वामपन्थी जनमत नटुटे हुन्थ्याे भन्ने अपेक्षा २८ वटै वडाकाे मतदाताहरुकाे पाइयाे। चार पाँचवटा विकासका गतिला आयाेजना निर्माणकाे कारण मतदाताहरुले अभिभावककाे रुपमा मलाई लिएकाे पाएँ।

सवाल पाँच-चुनाव जितेपछीकाे तपाइकाे याेजनाहरु के के हुनेछन्?

जवाफ पाँच-पहिलाे पूर्वाधार निर्माणमा सडक,सिचाइ,पुल,विद्धुतिकरण र असाधारण कामहरुलाई निरन्तरता दिने,दाेश्राे सङ्घबाट ठूला र गाैरवका आयाेजना ल्याएर आर्थिक सामाजिक क्षेत्रमा गुणात्मक फड्काे मार्ने,उत्पादन वृद्धी र राेजगारी सिर्जना गरेर विदेशिनबाट जाेगाउने र तेश्राे सामुदायीक स्वास्थ्य शिक्षाकाे साथै सार्वजनिक सरकारी सस्थालाई सवलिकरण गरेर जनताहरुलाई प्रभावकारी सेवा प्रदान गर्ने याेजना रहेकाे छ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ९ : ४५ बजे

एसियाली खेलकुदमा १०० मिटरकाे दुवै स्वर्ण चीनले जित्यो ।

काठमाडौं,चिनकाे हान्चाउ शहरमा जारी २५ ओ एसियाली खेलकुद अन्तर्गत १००

याे वर्षको एसइई परीक्षा चैत्र दाेेश्राे हप्तादेखि हुने

काठमाडौं,राष्ट्रिय परीक्षा वाेर्डले २०८० सालकाे माध्यमिक शिक्षा परिक्षा एसईई चैत्रकाे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता