नाेगेनहाङ लिम्बू /विर्तामोड ,३ असाेज,प्रदेशस्तरिय खेलकुद छनौट प्रतियोगितामा आज विर्तामोडमा भएकाे तेक्वान्दो खेलमा पाँचथरका खेलाडीले ३रजत र३काश्य गरि ६ पदक जित्न सफल भए।
यसरी पदक विजेताहरुमा महिला ५२ किलाे तलमा किनारी जवेगुले रजत पदक, महिला ५७ किलाे तलमामा इक्सा तुम्राेकले रजत पदक र पुरुष ५८ किलाे तलमा अनिस राईले पनि रजत पदक प्राप्त गर्नु भएकाे छ
यसरी नै पुरुष ५४किलाे तल,पुरुष ८७ किलाे तल र महिला ४८किलाे तलमा समेत ३ काश्य पदक प्राप्त भएकाे जनाइएको छ।
पदक विजेताहरुलाई पाँचथर तेक्वान्दाेका अध्यक्षले जनहि रजत पदक विजेताहरुलाई जनही नगद रु ३०००/- र काश्य पदक विजेताहरुलाई जनही नगद रु १०००/- का दरले प्रदान गरिएकाे जनाइएको छ।
प्रतिक्रिया