४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

राेकियाे नेपाली युवाकाे भारतिय सेनामा भर्ति।



रीता थाम्सुहाङ/धरान,२८ भदौ ,भदौ ९ गते बुटवल र भदौ १६ गते धरानमा हुनपर्ने भारतिय सेनामा नेपाली युवाहरुकाे भर्ति प्रक्रिया गल्ला सेलेक्सन स्थगित गरिएपछि इन्डियन लाहुरे बन्ने हजारौं नेपाली युवाहरूको सपनामा तुषारापात भएकाे छ।तालिम सेन्टरमा बसेर इन्डियन लाहुरे  हुन शारीरिक तथा आर्थिक रुपमा खर्च गरेका युवाहरूले अन्तिम घडिमा भर्ना प्रक्रियामा सहभागी बन्न नपाउनु दु:खद रहेकाे एक पाँचथरका युवाले हिलिहाङ डटकमलाई बताए।

जेठ ३१ गते भारत सरकारले “अग्निपथ”याेजना सार्वजनिक गरेकाे थियाे।याे याेजना अनुसार भारतिय सेनामा चार बर्षकाे लागि भर्ना गरिने र चार बर्ष पछि २५ प्रतिशतलाई सेनामा राख्ने र ७५ प्रतिशतलाई एकमुष्ठ रकम दिएर फर्काउने भनिएकाे थियाे।

यससम्बन्धमा नेपाल सरकारलाई कुनै आधिकारिक जानकारी नदिएकाेले सन् १९४७ काे नेपाल,भारत र बेलायत बिचकाे त्रिपक्षीय सम्झौता उल्लंघन भएकाे भन्दै भदौ  ८गते परराष्ट्रमन्त्री डा.नारायण खड्काले भारतिय राजदुत नविन श्रीवास्तवलाई जानकारी गराउनु भएको जनाइएको छ।चार वर्षपछि घर फर्कदाकाे सामाजिक ,मानसिक पिडाकाे भारत सरकारले कुनै वास्ता नगर्नु दु:खद रहेकाे नेपाली पक्षकाे भनाइ छ।

सन् १९४७ काे त्रिपक्षीय सम्झौता अनुसार नेपाली युवाहरु ब्रिटिस आर्मी ,सिङ्गापुर पुलिस र भारतीय सेनामा कार्यरत छन्।ब्रुनाई, कतार,सिङ्गापुर,ओमान,क्यानडा लगायतका देशहरूमा  नेपाली युवाहरुकाे माग भएता पनि यहि सम्झाैताकाे कारण भर्ना गरिएको छैन।

दुईबर्ष अघिदेखि काेराेनाकाे कारण भारतीय सेनामा भर्ति नगरिएको र हाल अन्तिममा राेकिनुले भर्ति प्रक्रिया सधैकाे लागि राेकिएकाे हाे वा के हाे अन्याेल रहेकाेले चाडै कुटनैतिक प्रक्रियाबाट समाधान गर्नुपर्ने हिलिहाङ डटकम सम्बन्धित निकायकाे ध्यान आकृष्ट गराउन चाहन्छ ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  १ : २८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज