१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काँग्रेस बैठकमा लोसपालाई पनि गठबन्धनमा ल्याउन जोड


१६ भाद्र २०७९, बिहिबार  


नेपाली काँग्रेसको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सत्ता गठबन्धनमा ल्याउनुपर्ने विषय उठेको छ । काँग्रेस शीर्ष नेताहरुको बैठकमा नेता शेखर कोइराला, विमलेन्द्र निधि लगायतले लोसपालाई पनि गठबन्धनमा ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

यसबारे गठबन्धनमा छलफल हुनुपर्ने उनीहरुले धारणा राखेको सहमहामन्त्री किशोरसिंह राठौरले जानकारी दिए । बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनको आवश्यकता र औचित्यका विषयमा प्रकाश पारेका थिए । उनीहरुले गठबन्धन नगरी कसैको पनि बहुमत पुग्ने अवस्था नरहेकाले चुनावी गठबन्धन आवश्यक रहेको बताएका थिए ।

बैठकमा नेता कोइरालालगायतले गठबन्धन गर्दा पार्टीलाई १०० सिटभन्दा चाहिने धारणा राख्दै सोहीअनुसार अडान राख्न सुझाव दिएका थिए । कम्तिमा १०० सिट नपाउने अवस्थामा  वस्तुगत यथार्थ अनुसार भागबण्डा हुनुपर्नेमा उनीहरुको जोड थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  २ : ४८ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र