४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मावि गणित शिक्षककाे माग गरिएकाेमा आधा रिक्त,आधाले मात्र विषयगत पास गरे।



युन्छाे लिम्बू /काठमाडौं ,२२भदौ ,शिक्षक सेवा आयाेगबाट विज्ञापन गरिएकाे मावि तहकाे गणित विषयकाे विषयगत परिक्षाकाे नतिजा एकदमै  निराशाजनक आएको छ।देशभरिका माग गरिएको २८७ पदमध्ये १५१ जनामात्र विषयगत परीक्षामा उत्तीर्ण भइ अन्तर्वार्तामा छानिएका छन्।याे प्रतिशतमा ५२.६१% हुनजान्छ।४७.३९% पद रिक्त भएर पुन:विज्ञापन गर्नु पर्ने भएको छ।

प्रदेश -१मा खुला ४२ सहित ७६जनाकाे विज्ञापन गरिएकाेमा २८ जनामात्र अन्तर्वार्तामा छानिएकोले ४८पद रिक्त हुने भएकाे छ भने मधेस प्रदेशमा खुला ९ सहित १८ पदमध्ये ४ जनामात्र अन्तर्वार्तामा छानिएका छन् फलत:१४ पद रिक्त भएकाे छ।बाग्मती प्रदेशकाे ३२ खुलासहितकाे ५९ पदमध्ये ५४ जना अन्तर्वार्तामा छनैाट भइ ५ पद रिक्त हुनुकाे साथै गण्डकी प्रदेशकाे ३० खुलासहित ५५ पदमध्ये ३२जना अन्तर्वार्तामा छनाैट भएर २३ पद रिक्त हुन गएकाे छ।

लुम्बिनी प्रदेशकाे २० खुलासहित ३७ पदमध्ये १४ जना र कर्णाली प्रदेशका १६ खुलासहित २९ पदमा ८जना मात्र विषयगत परीक्षामा उत्तीर्ण छन्।यसरी लुम्बिनी र कर्णाली प्रदेशमा क्रमशः २३ र २१ पद पुनः विज्ञापन गर्न पर्ने भएकाे छ भने सुदुर पश्चिम प्रदेशकाे ९खुला सहितको १६ पदमा ११जनामात्र अन्तर्वार्तामा छनौट भइ ५ पद रिक्त हुने भएको छ।

  1. इतिहासमा पहिलोपटक अन्तर्वार्तामा सामेलहुँदा मात्रै पनि स्थायी मावि गणित शिक्षक बनिनु आश्चर्यजनक रहेकाे विज्ञहरूको ठहर छ।

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  ४ : ४८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज