४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाली काङ्ग्रेस पाँचथर प्रदेश-क मा हिलिहाङका गणेश पोख्रेल र प्रदिप भण्डारी सभापति र सचिवमा विजयी



फिदिम, नेपाली काङ्ग्रेसको पन्ध्रौ महाधिवेशनमा पाँचथर प्रदेश-क मा हिलिहाङका गणेश पोख्रेल र प्रदिप भण्डारी सभापति र सचिवमा विजयी भएका छन् ।

फिदिमस्थित कांग्रेस पार्टी कार्यालयमा सम्पन्न प्रदेश कार्य समितिको निर्वाचनमा हिलिहाङ-७ का गणेश पोखरेलले ४१० मत ल्याएर सभापति पदमा विजयी बने । उनको निकटतम प्रतिद्वन्दी फालेलुङका अमिर केरुङले २९३ मत प्राप्त गरे । सभापति पदमा मतान्तर ११७ रह्यो।

यसरी नै सचिव पदमा १०१ मतान्तरका साथ हिलिहाङ-४ का प्रदिप भण्डारीले जीत हात पारे । उनले ३८३ मत ल्याएर विजयी बन्दा हिलिहाङ-६ कै कर्णश्याम लावतीले २८२ मत प्राप्त गरे ।

यसरी नै प्रदेश प्रतिनिधिमा रामकुमार खेवाङ ४३३ मत, रुपेन्द्र तामाङ ४१० मत र डम्बरबहादुर लिङदेनले ३९७ मत प्राप्त गर्दै विजयी बनेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ८ : ३३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज