काठमाडौ । जापानको नागोया सहरमा आयोजित एसियाली गेम्स २०२६ एसियाली खेलकुदमा चीनको फराकिलो अग्रता कायमै छ । चीन ९६ स्वर्ण ३६ रजत र २४ काँस्य गरेर १५६ पदकसहित पहिलो स्थानमा छ ।
आयोजक जापान भने २६ स्वर्ण ४१ रजत र ४४ काँस्यसहित कुल १११ पदक जित्दै दोस्रो स्थानमा हुँदा दक्षिण कोरिया १३ स्वर्ण १६ रजत र ३१ काँस्यसहित ६३ पदकसहित तेस्रो स्थानमा छ ।
दक्षिण एसियामा भने भारत २ स्वर्ण ८ रजत र ११ काँस्यसहित बाह्रौ स्थानमा छ भने श्रीलङ्का १ रजतसहित २८औ स्थानमा रहँदा नेपाल भने २ काँस्यसहित बत्तिसौं स्थानमा र पाकिस्तान २ काँस्यसहित तेत्तिसौ स्थानमा तथा बङ्गलादेश भने १ काँस्यसहित पैतिसौ स्थानमा छ ।








प्रतिक्रिया