फिदिम, रसुवागढी नाकास्थित होटलमा काम गर्दै आएकी पाँचथर घर भएकी ज्योति मगर हिजो बिहान भोटेकोशीमा आएको बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको बताइएको छ। उनीसङ्गै रसुवा घर भएकी पार्वती तामाङ पनि बेपत्ता छिन् ।
गत साँझसम्ममा ४४ सेना, २८ प्रहरी र १३ सशस्त्र सहित ८५ सुरक्षाकर्मी सम्पर्कविहिन भएको प्रधानमन्त्री कार्यालयले जनायो । यसरी नै ३९१ विदेशी र ९३ स्वदेशी पर्यटकहरु सम्पर्कविहिन भएको जनाइएको छ ।
उता विभिन्न विद्युत आयोजनामा कार्यरत ६० जना कर्मचारीहरु सहित रसुवागढी भन्सार कार्यालयका केही कर्मचारीहरु सम्पर्कविहिन भएको बताइएको छ ।
बाढीले १९ मोटरेबल पुल र ४० किमी पक्की सडक बगाएको जनाइएको छ ।








प्रतिक्रिया