काठमाडौ । हिजो आएको भोटेकोशी बाढीबाट गत साँझसम्ममा ९५ शव प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । शवहरुको सनाखत हुन बाँकी छ । 
गत साँझसम्ममा ४४ सेना, २८ प्रहरी र १३ सशस्त्र सहित ८५ सुरक्षाकर्मी सम्पर्कविहिन भएको प्रधानमन्त्री कार्यालयले जनायो । यसरी नै ३९१ विदेशी र ९३ स्वदेशी पर्यटकहरु सम्पर्कविहिन भएको जनाइएको छ ।
उता विभिन्न विद्युत आयोजनामा कार्यरत ६० जना कर्मचारीहरु सहित रसुवागढी भन्सार कार्यालयका केही कर्मचारीहरु सम्पर्कविहिन भएको बताइएको छ ।
बाढीले १९ मोटरेबल पुल र ४० किमी पक्की सडक बगाएको जनाइएको छ ।









प्रतिक्रिया