मध्यप्रदेशको डाटिया क्षेत्रमा भएको निर्वाचनमा कंग्रेसले जित हासिल गरेको छ। भाजपाका उम्मेदवार आशुतोष तिवारीलाई ६ हजार १६ मतान्तरले पराजित गर्दै कंग्रेसका उम्मेदवार घनश्याम सिंह जितेका छन्।
सिंहले ६६ हजार ७५७ मत ल्याउँदा तिवारीले ६० हजार ७४१ मत प्राप्त गरेका थिए।
यस क्षेत्रमा सन् २०२३को निर्वाचनमा पनि कांग्रेसले जितेको थियो।
अर्को निर्वाचन क्षेत्र गुजरातको मञ्जपुरमा भने भाजपाले सहज जित निकालेको छ।
भाजपाका सतेन्द्रभाइ पटेलले कंग्रेसका भिखाभाई रबरीलाई ३० हजार मतान्तरले पराजित गरेका हुन्।
भारतको विहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएका छन्।
भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन राज्य सभामा छानिए पछि खाली भएको उक्त सिटमा ३० जुलाइमा उपनिर्वाचन भएको हो।
उपनिर्वाचनमा भाजपाका उम्मेदवार नीरज कुमारलाई पराजित गर्दै प्रशान्त किशोर विजयी भएका हुन्। किशोरले ६४ हजार १५१ मत प्राप्त गर्दा कुमारले ४४ हजार ८२७ मत प्राप्त गरेका थिए।








प्रतिक्रिया