कान्सास सिटी स्टेडियममा सम्पन्न विश्वकप फुटबलको अन्तिम क्वाटरफाइनल खेलमा थपिएको समयमा २ गोल गरेपछि अर्जेन्टिना विश्वकप फूटबलको सेमिफाइनलमा प्रवेश गर्दै इङ्गल्याण्डसँगको भेट पक्का गरेको छ ।
अर्जेन्टिनाले एलेक्सिस एलेस्टरको १० मिनेट, जुलियन अल्भारेजको ११२ मिनेट र लाटुरो मार्टिनेजको १२१ मिनेटको गोलले १० खेलाडीमा सिमित स्विट्जरल्याण्डलाई ३-१ ले पराजित गरेको हो ।
यसअघि डान एन्डोइले ६७ मिनेटमा एक गोल गरेको स्विट्जरल्याण्ड ब्रिल एम्बोलोले ७२ मिनेटमा दोहोरो पहेलो कार्ड खाएपछि १० खेलाडीमा सिमित भएको थियो ।
यसअघिको खेलमा इङ्गल्याण्डले नर्वेलाई २-१ ले हराउदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।








प्रतिक्रिया