४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सिसेःक्पा तङनाम येले तङ्बे ५०८६ को अवसरमा बेल्जियममा शुभकामना आदान प्रदान गरिने



बेल्जियम। याक्थुङ (लिम्बू)हरुको महान पर्व सिसेःक्पा तङनाम येले तङ्बे ५०८६ को अवसरमा बेल्जियममा शुभकामना आदान प्रदान हुने भएको छ । किरात याक्थुङ चुम्लुङ अध्यक्ष बदन योङहाङको अनुसार दोस्रो संस्करणको लिम्बुवान प्राज्ञिक वहस र युरोप स्तरीय याक्थुङ (लिम्बू) सम्मेलन–२०२६ समेत यो अवसरमा आयोजना हुने भएको छ।

युरोपमा रहेका याक्थुङ (लिम्बू) समुदायलाई एकताबद्ध गर्दै भाषा, संस्कृति, इतिहास तथा पहिचानका विषयमा छलफल गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ, बेल्जियमको आयोजनामा कार्यक्रम हुने भएको हो।

लिम्बुवान प्राज्ञिक वहस श्रृङ्खला–२ को  वक्ताको रुपमा अध्येता द्वय विश्वासदिप तिगेला र प्रेमचन्द्र निङ्लेकु रहेका छन् भने यसको सहजीकरण किशोर सुब्बा लिम्बूले गर्ने  अध्यक्ष बदन योङहाङले बताउनु भयो।

लिम्बुवान प्राज्ञिक बहस र याक्थुङ (लिम्बू) सम्मेलनको पहिलो श्रृङ्खला गत वर्ष किरात याक्थुङ चुम्लुङ, पोर्तुगलको आयोजनामा पोर्तुगलमा सम्पन्न भएको थियो ।

यसपल्ट यहिँ जुलाई २७ मा बेल्जियमको लुभेनमा प्राज्ञिक बहस र याक्थुङ (लिम्बू) सम्मेलन हुनेछ भने २८ जुलाईमा एन्टवर्पमा सिसेःक्पा तङनाम विशेष कार्यक्रम र शुभकामना आदान प्रदान हुनेछ। सो अवसरमा केला:ङ, या?लाङ्, मैत्रीपूर्ण फुटबल लगायतका कार्यक्रमहरु हुने बताइएको छ।

कार्यक्रममा युरोपका विभिन्न देशमा बसोबास गर्ने याक्थुङ (लिम्बू) सँगै अन्य समुदायका प्रतिनिधि, बुद्धिजीवी तथा सरोकारवालाको सहभागिता रहने बताइएको छ।

भाषा, संस्कृतिको संरक्षण, आपसी एकता र सहकार्यलाई थप सुदृढ बनाउन सम्मेलन, बहस तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरिएको किरात याक्थुङ चुम्लुङ, बेल्जियमका अध्यक्ष बदन योङ्हाङले बताउनुभयो।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ९ : १२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज