विश्वकप फुटबल २०२६मा मोरक्कोलाई २-० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
बोस्टोन स्टेडियममा सम्पन्न क्वाटरफाइनलको पहिलो खेलमा फ्रान्सको लागि किलियन एम्बाप्पेले ६० मिनेटमा र ओस्मान डेम्बेलेले ६६ मिनेटमा गोल गरे ।
पहिलो हाफमा पाएको पेनाल्टी सिधै गोलकिपरको हातमा हानेका एम्बाप्पे आजको गोल सहित कुल ८ गोलको साथ गोल्डेन बुटमा सबैभन्दा अघि छन् । २ असिस्टका साथ उनले समान गोल गरेका मेस्सीलाई पछि पार्दा हालण्ड ७ गोलका साथ तेस्रो स्थानमा छन । डेम्बेलेले पनि गोलसंख्या ५ पुर्याएका छन् ।








प्रतिक्रिया