बेल्जियमसँग ४-१ ले पराजित भएपछि आयोजक अमेरिका विश्वकपबाट बाहिरिएको छ । यो सङ्गै क्यानडा र मेक्सिको समेत बाहिरिएपछि आयोजकहरु क्वाटरफाइनलमा प्रवेश गर्न असफल भएका छन् ।
वासिङ्गटनमा भएको खेलमा बेल्जियमका लागि चाल्स डि केटलियरले ९ र ३३ मिनेटमा २ गोल गरे । हान्स भानकेनले ५७ मिनेटमा र लुकाकुले ९३ मिनेटमा चौथो गोल गरे ।
उता अमेरिकाकोलागि मलिक टिलमेनले ३१ मिनेटमा गोल फर्काए ।
अब बेल्जियमले शुक्रबार लस एन्जल्समा सेमिफाइनल प्रवेशको लागि स्पेनसँग भिड्नेछ ।








प्रतिक्रिया