६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर हिलिहाङका उपन्यासकार मनु योङहाङलाई २०८२ सालको प्रतिभा पुरस्कार प्रदान गरिने



पाँचथर । पाँचथर हिलिहाङका उपन्यासकार मनु योङहाङलाई २०८२ सालको प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । उहाँलाई नेपाली भाषा- साहित्यमा पुर्याएको लामो योगदानको कदर गर्दै उहाँको उपन्यास “सेक्मुरी फूल”को लागि सो पुरस्कार प्रदान गरिने जनाइएको हो ।

प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरका अध्यक्ष कविराज न्यौपानेले  प्रेस विज्ञप्तिमार्फत सो कुरा जनाउनु भएको हो ।

पाँचथरको हिलिहाङ-३, कुर्लुम्बामा जन्मनु भएको उपन्यासकार मनु योङहाङ २०४७ सालदेखि नेपाली साहित्यमा सक्रिय हुनुहुन्छ । नेपाली साहित्यमा तीन दशक देखि अनवरत सक्रिय उहाँको “सप्तकोशीको किनारबाट” (गजल सङग्रह, सहलेखन २०५४), “फूल”(उपन्यास, २०५७), “टिकट चिठ्ठीमा”(गिती एल्बम, २०५९), “योङहाङ वंशावली”(२०७९, सहलेखन), “थोक्फेला”(उपन्यास,२०८१), “कनकाई ज्ञानमाला”(स्थानिय पाठ्यपुस्तक कक्षा-७ र ८, सहलेखन २०८१), “सेक्मुरी फूल”(उपन्यास, २०८२) लगायत दर्जनौं अनुसन्धनात्मक लेखहरु देशविदेशका प्रतिष्ठित जर्नलहरुमा प्रकाशित छन् । “अम्लारी फूङ” कवितासङग्रह र “सिङ्जाङ्गो फूल” उपन्यास प्रकाशोन्मुख छन् । प्रसिद्ध रङ्वादी कवि तथा तेस्रो दर्शनको विचारक धर्मेन्द्र विक्रम नेम्बाङको बहुल रङवादलाई साहित्य समालोचनामा प्रयोग गर्दै उहाँले दुई दर्जन बढि पुस्तकहरुको समिक्षा समेत गर्नुभएको छ ।

उहाँ सहित प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले चारदशकदेखि कवितामा योगदान दिएबापत ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार काठमाडौका डा. प्रभा भट्टराईलाई, तीनदशकदेखि नाट्यविधामा योगदान दिएबापत  दिनबन्धु-आशादेवि गोयल प्रतिभा पुरस्कार रङ्गकर्मी, नाट्य लेखक तथा निर्देशक घिमीरे युवराजलाई तथा लिलानाथ विश्वमन्जरी बराल प्रतिभा पुरस्कार माइधारको सरस्वती कन्या गुरुकुललाई  प्रदान गरिने जनाइएको छ। निजी स्तरबाट २०३९ सालमा स्थापित कोशी प्रदेशकै पुरानो र सम्मानित यस पुरस्कारबाट हालसम्म १२९ भन्दा बढि प्रतिभा र पाँच दर्जन बढि पुस्तकहरु प्रकाशन गरिसकिएको जनाइएको छ ।

रु पचास हजार राशीको यी पुरस्कारहरु यही असार २९ गते भानु जयन्तिको अवसरमा विराटनगरमा वितरण गरिने जनाइएको छ । रु एक्काइस हजार राशीको विराट लक्ष्मी प्रतिभा पुरस्कार कवि उमानाथ भट्टराई र  षडानन्द प्रतिभा पुरस्कार निवन्धकार पुण्य कार्की र कवि उमेश लुइटेललाई संयुक्तरुपमा प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ९ : २३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज