हस्टन स्टेडियममा सम्पन्न विश्वकप फुटबलको प्रिक्वाटरफाइनलको खेलमा आयोजक क्यानाडालाई ३-० ले हराउँदै मोरक्को विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो राष्ट्र भएको छ ।
इटालियन क्लब जिरोनाको मिडफिल्डर २६ वर्षिय अजेदिन औनाहीले मोरक्कोको लागि खेलको ५० र ८२ मिनेटमा २ गोल गरे । दुबइको क्लब अल अइनको स्ट्राइकर सौफाने रहिमीले दोस्रो हाफको इन्जुरी समयको ९८ मिनेटमा गोल गर्दै अफ्रिकी च्याम्पियनलाई क्वाटरफाइनलमा पुर्याए ।
अब मोरक्कोले क्वाटरफाइनलमा फ्रान्स र पाराग्वेको विजेतासँग खेल्नेछ ।








प्रतिक्रिया