विश्वकप फुटबल २०२६मा विश्वकपमा बेल्जियम राउन्ड १६मा प्रवेश गरेको छ ।
सुरुवाती २ गोल जोगाउन नसक्दा सियाटलमा सम्पन्न खेलमा थपिएको समयको अन्तिम मिनेटमा बेल्जियमका याउरी टिलेमेन्सले पेनाल्टीमा गोल गरेपछि बेल्जियमद्वारा सेनेगल ३-२ ले पराजित हुदै घर फर्कियो ।
हबिब डाइर र इस्माइला सारले २४ र ५१ मिनेटमा गोल गरेपछि सेनेगल ८६ मिनेटसम्म २-० ले अघि थियो तर अन्तिम ४ मिनेट सम्हालिन सकेन । बेल्जियमका लागि ८६ र ८९ मिनेटमा लुकाकु र टिलेमेन्सले २ गोल गर्दै खेल बराबरीमा पुर्याएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।








प्रतिक्रिया