हिलिहाङ । पाँचथरको हिलिहाङ गाउँपालिकले आगामी आर्थिक वर्ष २०८३/८४को लागि रु सन्ताउन्न करोड १८ लाख २० हजारको बजेट पारित गरेको छ ।
गाउँपालिकाको बिसौं गाउँसभाको बजेट अधिवेशनले सो बजेट पारित गरेको हो ।
बजेट अधिवेशनलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष समर बहादुर अधिकारीले “कोखदेखि शोकसम्म” लगायतका जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
“बजेट पारित गर्न सहयोग पुर्याउनुहुने सम्पूर्ण जनप्रतिनिधीहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।” अध्यक्ष अधिकारीले थप्नुभयो-“आगामी दिनमा कर्मचारी, सरकारी निकाय, राजनीतिक दल लगायत सामाजिक संघसंस्था तथा सम्पूर्ण शुभेच्छुकहरुको निरन्तर सहयोग र सहभागिताको अपेक्षा गर्दछु ।”
प्रकाशित मिति :
१२ असार २०८३, शुक्रबार ८ :
४० बजे
प्रतिक्रिया