काठमाडौ । विश्वकप फुटबल २०२६ मा एसियाली पावरहाउस जापानले समूह एफमा प्रभावशाली जीत निकाल्ने क्रममा ट्युनिसियालाई ४-०ले पराजित गरेको छ । यो जीतसङ्गै महत्वपूर्ण ३ अङ्कसहित कुल ४ अङ्कको साथ जापान समूहको दोस्रो स्थानमा छ । समान ४ अङ्क भएपनि गोलभिन्नताको आधारमा नेदरल्याण्ड समूहको शिर्ष स्थानमा छ ।
मेक्सिकोको मोन्टेनेरोमा सम्पन्न खेलमा जापानका दाइची कामादाले ४ मिनेटमा गोल गर्दै अग्रता दिलाए । आइसी युइडाले ३१ र ८३ मिनेटमा २ गोल गर्दा जुन्या इटोले ६९ मिनेटमा गोल गरे ।
जापानसँग पराजित ट्युनिसिया भने समूहको पुछारमा छ । तेस्रो स्थानमा भने स्विडेन ३ अङ्कको साथ रहेको छ ।








प्रतिक्रिया