काठमाडौं । विश्वकप फुटबलको समुह बिमा एसियाली राष्ट्र कतारको कन्तविजोग भएको छ ।
भान्कुबरमा सम्पन्न खेलमा ९ खेलाडीमा सिमित कतारलाई आयोजक क्यानाडाले ६-० ले हरायो ।
क्यानाडाको लागि साइल लानले १६ मिनेटमा गोल गरेर दिलाएको अग्रतामा जोनाथन डेभिडले २९ मिनेट, पहिलो हाफको इन्जुरी र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक गरे ।
नाथान सालिबाले ६४ मिनेटमा थप गोल गर्दा कतारका मोहम्मद मानाइले ७५ मिनेटमा आत्मघाती गोल गरे ।
कतारका होमन अहमद र असिम मदिबोले क्रमश: ३३ र ५३ मिनेटमा रेड कार्ड पाएपछि कतार ९ खेलाडीमा सिमित भएको थियो ।








प्रतिक्रिया