फिदिम । हिलिहाङका पाँचथर जिल्ला समन्वय समिती सदस्य टेकराज योङहाङ जिल्ला समन्वय समिती महासङ्घ कोशी प्रदेश कार्यसमिती सदस्यमा मनोनित हुनुभएको छ ।
जिल्ला समन्वय समिती महासङ्घ -नेपाल, कोशी प्रदेश कार्यसमितीको अध्यक्ष छिरिङ लामाले हालै विराटनगरमा उहाँलाई प्रदेश कार्यसमिती सदस्यको प्रमाणपत्र प्रदान गर्दै थप जीम्मेवारी प्रदान गर्नुभयो ।
पाँचथरको हिलिहाङ-४, ताँबेधारा निवासी युवा राजनीतिकर्मी योङहाङ पाँचथर जिल्ला समन्वय समिती सदस्य हुनुहुन्छ । स्थानिय निर्वाचन २०७४ मा उहाँ हिलिहाङ-४ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसबाट उपविजेता हुनुहुन्थ्यो भने २०७९मा विजयी हुनुभइ जिससमा निर्वाचित हुनु भएको थियो ।








प्रतिक्रिया