५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

माङसेबुङमा आज च्याब्रुङ महोत्सव



इलाम । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा आज च्याब्रुङ महोत्सव (केःलाङ प्रदर्शन) हुँदैछ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ माङसेबुङको आयोजनामा माङसेबुङ–१ स्थित गजुरमुखी धाममा एकदिने महोत्सव आयोजना गर्न लागिएको  हो ।

“केलाङ केवल नात वा बाजा मात्र होइन, यो लिम्बू समुदायको इतिहास, सभ्यता र सांस्कृतिक पहिचानसँग जोडिएको अमूल्य सम्पदा हो”, अध्यक्ष लिम्बूले भन्नुभयो, “युवापुस्तालाई मौलिक संस्कृतिसँग जोड्दै यसको संरक्षण र पुस्तान्तरण गर्नु अहिलेको आवश्यकता रहेकाले हामीले महोत्सव आयोजना गर्न लागेका हौँ ।”

महोत्सवमा च्याब्रुङ नाच (केःलाङ), धाननाच (याःलाङ), पालाम, हाक्पारे, ख्यालीलगायत सांस्कृतिक कला प्रस्तुति र लिम्बू पोसाक प्रदर्शनी गरिनेछ । “कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्न ५०० बढी च्याब्रुङ नृत्य (केःलाङ) सहितको सांस्कृतिक कलाहरु रहनेछन्”, अध्यक्ष लिम्बूले भन्नुभयो । उहाँका अनुसार तागा (पुरुषले लगाउने सांस्कृतिक पोसाक) र मेख्ली (महिलाले लागाउने सांस्कृतिक पोसाक) पनि प्रदर्शन गरिनेछ ।

धार्मिकस्थल गजुरमुखी धाम परिसरमा हुने महोत्सवमा इलामको १० वटा स्थानीय तहसहित झापा र पाँचथरका किरात याक्थुङ चुम्लुङको सहभागिता रहनेछ । नयाँ र पुराना पुस्ता मिलेर पुख्र्यौली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको सचिव असिम योङहाङले बताउनुभयो ।  महोत्सव आयोजना गर्न माङसेबुङ गाउँपालिकाले रु सात लाख सहयोग उपलब्ध गराएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  ८ : ०० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज