५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बहुलरङ्गवादमा एन.बी. दाहाल नविनको गीती सङ्ग्रह”म भित्रका गीतहरु”



बहुलरङ्गवादमा एन.बी. दाहाल नविनको गीती सङ्ग्रह”म भित्रका गीतहरु”- मनु योङहाङ

एन.बी. दाहाल नविनको गीती सङ्ग्रह “म भित्रका गीतहरु”लाई उत्तर आधुनिक बहुल रङ्गिन परिप्रेक्ष्यबाट हेरेर यो गीतीसङ्ग्रहको समीक्षा गर्नु फलदायी ठानेर यसलाई हेर्ने प्रयत्न गरेको छु ।

“म भित्रको गीत”मा सङ्ग्रहित गीतहरुको लेखन २०३७ सालबाट सुरु गरियो । आरम्भमा ८ वटा गीतहरु लेखिए भने २०४१ सालमा ३७ वटा गीतहरु लेख्दै २०७१ सालमा १ गीत लेखेर कलम थन्काइयो र अन्तत: २०७९ सालमा प्रकाशन गरियो । यसरी ३४ वर्षिय कालखण्डमा लेखिएको २२० थान गीतहरुको सङ्ग्रह जन्मियो २०७९ सालमा ।  समयको प्रवाहसङ्गै  गीतलेखनमा विविध प्रयोगहरु गरिएपछि यसले उत्तरआधुनिक बहुलवादलाई सहजै अङ्गिकार गरेको पाइन्छ-गीत १४५मा-सन्चो, विसन्चो सबै सोधेँ ।

रोलाँ वार्थद्वारा लिखित “लेखकको मृत्यु” निवन्धले समीक्षाको क्षेत्रमा ठूलो हलचल ल्यायो । समिक्षामा लेखकिय मनसायको सट्टा पाठकिय मनसायलाई स्थान दिइयो ।  यही उत्तरआधुनिकतामा पाठकिय दृष्टिकोणलाई सम्प्रभुकता मान्दै गीतकार ९१औ गीतमा लेख्छन्-“परिस्तिथीलाई सम्हाल्ने हुँदा तिम्रो माया मेरो हुन सकेन ।

रोलाँ वार्थले टेक्स्टलाई २ प्रकारले अर्थ्याएका छन् -पाठकिय टेक्स्ट र लेखकिय टेक्स्ट । पाठकिय टेक्स्ट सुबोध हुन्छन्, सजिलै बुझिने हृदगम्य हुन्छन् । उता लेखकिय टेक्स्ट भने पाठकलाई हाँक दिने खालका हुन्छन्, जटिल हुन्छन् जस्लाई क्षमतासम्पन्न, सक्रिय र चिन्तक पाठकले स्वीकार्छन् । गीतकार दाहालका गीतहरु भने पहिलो प्रकारका छन्-रुमानी, स्वप्नील र सुमधुर गीतहरुले पाठकलाई खुसी दिन्छन् । यसरी यो गीतसङ्ग्रहले उत्तरआधुनिकवादको एक रङ्ग बहुलरङ्गवादलाई सजिलै स्वीकारेको प्रमाण हो ।

रङ्गवादी कवि तथा तेस्रो दर्शनको विचारक धर्मेन्द्रविक्रम नेम्बाङले साहित्य रङ्गिन हुनुपर्नेमा जोड दिएका छन् । उनकै विचारमा पाठकिय भावना परिवर्तनशिल हुनुपर्छ र एकात्मवाद हावी हुनु सान्दर्भिक छैन् । २०१९ सालमा जन्मिएका एन वी दाहाल नविनले १८ वर्षको जेन्जी उमेरमा गीत लेख्न आरम्भ गरेर ५२ वर्षको जेन्जेड उमेरमा कलम थन्काए । यसरी ३४ वर्षिय लेखनमा जन्मिएका २२० वटा गीतले समयको उछालसङ्गै गीतमा उमारिएको भाव र शब्दले पाठकिय परिवर्तनलाई आत्मसात गरेको छ । खास किसिमको शब्द र भावना पाठकहरुलाई सोचेर, सम्झिएर लेखिएको छ । यसबाट गीतका हरफहरु स्थिर छैनन् । अपेक्षा अनुसार पाठकिय भावना परिवर्तनशिल बनाउदै एकात्मवादलाई नाँघ्दै बहुलवादमा रुपान्तरित गर्न गीतकार सफल छन् । गीतलेखनमा प्रयोग गरिएका भाषा, शैली र अलङ्कारले गीतको माधुर्यता एकै प्रकारको नहुने नै भयो । यसर्थ “म भित्रका गीतहरु” को गन्तव्य अन्तत: उत्तरआधुनिकवाद उर्फ बहुलरङ्गवाद तिरै ढल्किएको प्रष्टै छ ।

“म भित्रको गीत” ले ह्यान्स रवर्ट जाउसको प्रतिपादित पाठकिय पुस्ताको व्याख्यामा टेक्स्टको अस्तित्वलाई अर्थ्याउँछ । उनले खास किसिमका शब्द र वाक्य छानेर गीतमा जिवन्तता ल्याएका छन् अर्थात पाठकिय पुस्तान्तरणलाई ध्यान दिएका छन्-दाहाल आफ्नो २०४औ गीतमा लेख्छन्-जीन्दगी त बितीगयो, गयो बैंस, उमेर । यसप्रकारको प्रयोगको बाटो अङ्गालेर केही गीतहरु रचिएका छन् ।

स्टान्ली फिसको व्याख्यात्मक समुदाय भनेको विधी र नियमअनुसार पठन गर्ने समुदाय हो । लेखक दाहालले यही विधी र नियममा बढि जोड दिंदा कुनै कुनै गीतमा नयाँपन नआएको हुन सक्छ । दाहाल आफ्नो २१५औ गीतमा भाव पोख्छन्-रातको अँध्यारोलाई चिर्न खोजे किन सकिन्थ्यो र ?

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ६ : ५९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज