४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८३” जेठ १७- १९, काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने 



काठमाँडौं । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा “छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८३” आगामी जेठ १७, १८ र १९ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने  भएको छ ।
नेपालजस्तो बहु–राष्ट्रिय, बहुभाषिक तथा बहुसांस्कृतिक सभ्यतागत संरचनाभित्र आदिवासी जनजाति समुदायका इतिहास, भाषा, लिपि, मिथक, सामुदायिक स्मृति, भू–चेतना, लोक–ज्ञान, आध्यात्मिक अनुभव तथा सांस्कृतिक अस्तित्वलाई दृश्य–श्रव्य माध्यममार्फत पुनर्स्थापित गर्ने ऐतिहासिक उद्देश्यसहित आयोजित यो महोत्सव केवल चलचित्र प्रदर्शनको औपचारिक कार्यक्रम नभएर सांस्कृतिक न्याय, आत्म–प्रतिनिधित्व, भाषिक पुनर्जागरण, ज्ञान–उपनिवेशवादविरुद्धको प्रतिरोध तथा एपिस्टेमिक स्वतन्त्रताको अन्तर्राष्ट्रिय सिनेम्याटिक आन्दोलन भएको निर्देशक सागर केरुङद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
 विज्ञप्तीमा जनाइएको छ-“आधुनिक विकास–केन्द्रित विश्वदृष्टिले प्रकृति, समुदाय, स्मृति र आध्यात्मिक सहअस्तित्वलाई विखण्डित गरिरहेको वर्तमान अवस्थामा विश्व बौद्धिक समुदायले वैकल्पिक ज्ञान–स्रोतका रूपमा आदिवासी ज्ञान–परम्परातर्फ पुनः फर्किन थालेको  सन्दर्भमा आदिवासी चलचित्र केवल कलात्मक अभिव्यक्ति नभई समुदायको ब्रह्माण्ड–दृष्टि, प्रकृतिसँगको सम्बन्ध, पूर्वजगतसँगको संवाद, सामूहिक स्मृति र सांस्कृतिक चेतनाको जीवित अभिलेखका रूपमा उदाएको तथा आदिवासी समुदायका भाषा, संस्कार–संस्कृति, विश्वास प्रणाली, अनुष्ठान, मौखिक इतिहास तथा ज्ञान–परम्परालाई चलचित्रमार्फत अभिव्यक्त गर्ने प्रक्रिया केवल सिर्जनात्मक अभ्यास होइन; यो सांस्कृतिक पुनरुत्थान, पहिचान–राजनीति र एपिस्टेमिक प्रतिरोधसँग अन्तर्सम्बद्ध एक गहिरो ज्ञान–परियोजना भएको  छ ।”
महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, थारु, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआइ जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछन् । कथानक चलचित्रतर्फ दिनेश लिङदेन निर्देशित “रीत”, अमृतमान महर्जन निर्देशित “स्वयनगु”, जनक गुरुङ निर्देशित “ङोल्स्यो रामरानी”, निमा लामा तामाङ निर्देशित “ह्याङ तामाङ”, तथा अशोक आले मगर निर्देशित “दिलसरा” प्रदर्शन गरिनेछ । लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित “तङसिङ”, हुतबहादुर तामाङ निर्देशित “दुखला ग्यम”, परशुराम चौधरी निर्देशित ‘जाइछै सौसरा’ बिपना तामाङ भुजेल निर्देशित “निको पहिचान” तथा विशाल रोक्का मगर निर्देशित “लाहुरेनी” समावेश छन् । त्यसैगरी वृत्तचित्रतर्फ अनिल मगर निर्देशित “आग्रे”, होम कुमारी माझी निर्देशित “लदि पुजा” तथा अरविन्द विश्वास निर्देशित एआइ जेनेरेटेड वृत्तचित्र “बिराटनगरके प्राचिन राजवंशी” प्रदर्शन गरिनेछ । महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिने बताइएको छ ।
महोत्सवले नेपाललाई विश्व आदिवासी चलचित्र आन्दोलनको एक सशक्त उदीयमान केन्द्रका रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय चलचित्रकर्मी, अनुसन्धानकर्ता, सांस्कृतिक अभियन्ता तथा समुदायबीच नयाँ संवाद, सहकार्य र वैकल्पिक सिनेम्याटिक विमर्श निर्माण गर्ने विश्वास लिँदै
महोत्सवको सफलताका लागि सम्पूर्ण चलचित्रकर्मी, सञ्चारमाध्यम, साझेदार निकाय तथा सरोकारवालाप्रति हार्दिक आभार एवम् सञ्चारकर्मी महानुभावहरूलाई महोत्सवको प्रचार–प्रसार तथा गरिमामय सहभागिताका लागि हार्दिक अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ६ : ३६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज