६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कविता-खुसिकाे कुल ग्राहस्थ उत्पादनमा उभिएकाे चाेलुङ पार्क



कविता-खुसिकाे कुल ग्राहस्थ उत्पादनमा उभिएकाे चाेलुङ पार्क

  -धर्मेन्द्र नेम्बाङ

१. बनस्पतिहरु हिडदै थिए
ढुंगाहरु हुइकिदै थिए
दुबाे, माटाे, बाटाेहरु बतासिदै थिए
बतास, हावा, शुन्यहरु मडारिदै थिए
यस गतिमान पृथ्वीमा
उपयुक्त अवस्थलकाे खाेजिमा थिए हाेला उनीहरु  भनाै ।

२. असन्तुष्टि माझ केही तृप्तताकाे खाेजिमा थिए हाेला
उनीहरु आफू दुखी भएपछि अरुलाई खुसियाली कसरी  बाँड्न सक्थे र
उनीहरु आफु असन्तुष्ट भएपछि अरुलाई  तृप्ति  कसरी प्रदान गर्न सक्थे र
उनीहरु आफू कुरुप परेर पृथ्वीलाई कसरी शुन्दर बनाउन सक्थे र
प्रकाश हराएकाे मणि, मणि हराएकाे सर्प झै घस्रेर
एउटा  विज्ञानकाे खाेजिमा या जडिबुटीकाे खाेजिमा थिए हाेलान ।

३.मान्छेसँगकाे प्रकृति आवरण, प्रकृति र मान्छे बीचकाे खाल्सा वातावरण, प्रकृति र वातावरण बीचकाे खाल्सा  पर्यावरण
उनीहरुलाई जीवन खेराे गएकाे अनुभुत थियाे हाेला ।
जंगल, वनहरु, एकापसमा भेदि रहेकाे
चट्याङ, भुइचालो, बाडी पहिराे सुइकिरहेकाे
युद्ध, द्वन्द, झगडा, काटमारले भरिएको
पृथ्वी विघटनकाे डिलमा थियाे हाेला
मानव जीवन, पशुप्राणी, चराचर जगतमा समन्वय, सन्तुलन सम्झाैता थिएन हाेला
गतिशीलता र प्रतिपर्धाले काम गर्न पाएकाे थिएन हाेला
प्रकृतिक विज्ञान भनेकाे जराकाे युद्ध, द्वन्द्व, संघर्ष, काण्डकाे सम्झौता,सहअस्तित्व, सहकार्य, समन्वय, र गतिशीलताकाे टुप्पा,प्रतिष्पर्धाकाे हाँगाबिगा, फुल फलेदाे न भए । याे न हाे प्रकृति विज्ञानकाे परिभाषा ।समग्रमा यस विज्ञानकाे बहस भएको थिएन हाेला ।
खालि आत्तिएका  । अत्तालिएका ।

४.अनि त उल्टाे उल्टाे पडदै थिए बिध्यार्थीहरु
उल्टाेपाल्टी साेच्दै बाेल्दै थिए लेख्नेहरु
सम्रचना असरल्ल थियाे ।प्रकृति विज्ञानकाे भेउ पाएकाे थिएन ।मान्छे त आफुलाई मात्रै चिन्ने काेक्ल्याँटे थिए ।

५.तर एकदिन प्रकृतिको भाषा बुझ्ने अर्जुन माबाेहाङ आइपुगे । उनले बसन्तपुर डाँडाबाट तेर्साे हेरे
बार्दली जस्तो मनमाेहक ठाउँ देखेर, रमाएर
ढुकुर कुर्लिन लागेकाे, मृग खेल्न लागेकाे, चाँप फुल्न खाेजेकाे देखेर, बाँस झ्याङ सप्रिदै गएकाे देखेर
उनले प्रकृतिसँग सम्बाद गरेर
घाम, जुन, चराचर जगतसँग छलफल गरेर
बिस्फोट हुनैलागेकाे आत्मासँग गफ गरेर
ढुंगाकाे सन्जाललाई प्राण दिएर
बगैँचा बनाए र चाेलुङ पार्क नाम दिए
याे नै शिद्दिस्थल, छुट्टीस्थल, मुक्तआत्माहरुकाे अवस्थल भयाे है ।सबै त्यहीँ अडिएर रमाए है ।चराचर जगत रमाएर नाच्न गाउन थाले नि ।

६.ए, एकदिन अर्जुबाबु आइपुगे चाेलुङ पार्कमा
ढुंगाहरु सटासट अडिए, अनि बाेल्न थाले
रुख, बिरुवा, फुलहरु सरासर अडिए, अनि भन्न थाले
चाैर, दुबाे, माटाे खुरुखुरु अडिए, अनि बक्न थाले
लालमाेहर, ताम्रपत्र, संस्कृति, इतिहास सहजै अडिए, अनि भट्याउन थाले
बतास, हावा, जुन, घाम, तारा एकाएक अडिए, अनि खेल्न थाले । सबैसबैले मनकाे बह पाेखेर खुसि आनन्द, सान्त, हर्षकाे बाेट  राेपिदिए  है । दुखलाई नदेख्ने गरि खाडलमा पुरिदिए । अब खुसीको कुल ग्राहस्थ उत्पादनले हाेला अनि त पृथ्वी विघटनबाट एकपटक जाेगियाे नि ।

७.उनले सबैमा एक छाक सकारात्मक आत्मा भरिदिए ।
हालसालै कतिकतै आत्माविहिन सिर्जना भेटिन्न ।
पृथ्वीमा कहिकतै सकारात्मकता बिहिन आत्मा भेटिन्न ।
आम मान्छेहरु कसरी महामाव बनिसके ।

८.यसै ठेगानामा लालिगुरासहरु, अर्किडहरु फुलिसक्याे ।
अब याे बृत्तचित्रलाई यहि राेकाै है ।
युमाकाे अर्जुन मुन्धुुमलाई यहि छाेडाै है ।
ओहाे, कस्तो सुहायाे पृथ्वी ।
कती सुहायाे चाेलुङ पार्क ।

(*प्रस्तुत कविताकाे नायक अर्जुनबाबु माबाेहाङ लालिगुरास नपा तेह्रथुमको स्थापना कालदेखि लगातार मेयर चलाउदै आएका ब्यक्तित्व हुन् । उनी हालपनि दाेस्राे कार्यकाल पूरा गर्ने अवधिमा छन् । उनकाे निम्तोमा लालिगुराँस दाेस्राे साहित्य महाेत्सवमा भाग लिने अवसर बैसाख १२ २०८३ जुर्याे । यसै उपलक्ष्यमा लेखिएकाे कविता हाे याे ।
हुनत माबाेहाङलाई नेपाली राजनीतिकाे क्षेत्रमा नमुना बिकास निर्माणका काम गर्ने एक अग्रणी बिद्वानकाे रुपमा नाम काडने गरिन्छ । मुन्धुम निर्देशित उक्त विकास निर्माणलाई अर्जुनबाबू माेडेल पनि भन्ने गरिन्छ ।)

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ७ : ०५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज