५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भारतमा ढल्यो वामपन्थीको अन्तिम किल्ला



काठमाँडौं । भारतमा वामपन्थी दलहरुको प्रभाव शून्य बराबर भएको छ।  कम्युनिस्ट दलको सत्ता रहेको अन्तिम राज्य केरलामा पनि गैरकम्युनिस्ट दलले सानदार विजय हासिल गरेका छन्।

केरलाले लोकतान्त्रिक रुपले कम्युनिस्टहरुलाई निर्वाचित गर्ने विश्वकै पहिलो स्थानका रुपमा इतिहास बनाएको थियो। १९५७ मा यहाँ कम्युनिस्ट पार्टीले चुनाव जितेको थियो। कम्युनिस्ट पार्टीको सरकार भएको भारतको अन्तिम राज्य पनि यही थियो।

केरलामा यस पटकको चुनाव कंग्रेस नेतृत्वको युनाइटेड डेमोक्र्याटिक फ्रन्टले जितेको छ। उनीहरु १४० मध्ये ८९ सिटमा अगाडि छन्।

१९७७ यता कम्तीमा एउटा भारतीय राज्यमा कम्युनिस्ट दलको सरकार रहँदै आएको थियो।

१९७७ देखि २०११ सम्म पश्चिम बंगालमा वामपन्थी दलको शासन थियो। २०११ मा ममता बनर्जीको तृणमूल कंग्रेस विजयी भयो।

त्रिपुरामा १९९३ देखि रहेको वाम सरकारलाई २०१८ सम्म भाजपाको जितले अन्त्य गरिदियो। केरलामा २०१६ देखि कम्युनिस्टहरु सरकारमा थिए।

लोकसभामा पनि २००४ मा ६२ सिट जितेका वामपन्थीहरु अहिले ८ सिटमा खुम्चिएका छन्।

‘हिन्दीभाषी उत्तर भारतमा वामपन्थीहरुको प्रभाव सधैँ सीमित र औद्योगिक क्षेत्रमा केन्द्रित थियो। त्यो पनि ट्रेड युनियन राजनीतिको पतनसँगै घट्दै गयो,’ जवाहरलाल नेहरु विश्वविद्यालयका सहप्राध्यापक राजश्री दासगुप्ता भन्छन्।

गत वर्ष मात्रै केरलाका मुख्यमन्त्री पिनराई विजयनले राज्यमा चरम गरिबी अन्त्य भएको घोषणा गरेका थिए। तर, पछिल्लो पाँच वर्षमा उनको पार्टीले जनमुखी नभई सत्ताको भाषा बोल्न थालेको विश्लेषकहरुको भनाइ छ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ८ : ३३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज