काठमाँडौं । नेपाल प्रज्ञाप्रतिष्ठानले यसवर्षको कोशी प्रदेशको प्रज्ञा प्रादेशिक पुरस्कार पान्थरे साहित्यकार मलिषा याक्थुम्बालाई प्रदान गर्ने भएको छ ।
रु ५० हजार राशीको यो पुरस्कारबाट उहाँलाई यही २०८३ साल बैशाख १७ गते सम्मान सहित प्रदान गरिने प्रज्ञाप्रतिष्ठानले जनाएको छ ।
उता रु एक लाख राशीको प्रज्ञा सामाजिकशास्त्र पुरस्कार र प्रज्ञा अन्तर्देशिय पुरस्कार भने डा. डम्बर चेम्जोङ र नरेश काङमाङ राईलाई प्रदान गरिने जनाइएको छ ।









प्रतिक्रिया