सुरुङ्गा, झापा । कनकाई सुरुङ्गास्थित कनकाई क्याम्पसमा आज नेपाल शिक्षक सङ्घ झापाको सत्ताइसौं जिल्ला प्रतिनिधी सभा सम्पन्न भएको छ ।
नेपाल शिक्षक सङ्घ झापा जिल्ला कार्य समितीद्वारा आयोजित सो जिल्ला प्रतिनीधी सभाको अध्यक्षता अध्यक्ष तोयानाथ दहाल र संचालन सचिव देवेन्द्र राजवंशीले गर्नुभएको थियो ।
उपाध्यक्ष कुमार खतिवडाले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा प्रमुख अतिथी नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रकाश चौंलागाई र अतिथी नेपाल शिक्षक महासँघ झापा अध्यक्ष नेत्र खरेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सो कार्यक्रममा अध्यक्ष, महिला उपाध्यक्ष, सचिव र कोषाध्यक्षका प्रतिवेदनहरु पारित भएका थिए ।








प्रतिक्रिया