काठमाडौं, कतारको खलिफा इन्टरनेशनल स्टेडियममा सम्पन्न फिफा यु-१७ विश्वकप फुटबल प्रतियोगिताको गतराती भएको फाइनल खेलमा अष्ट्रियालाई १-० ले हराउदै पोर्चुगल यु-१७ विश्वच्याम्पियन बनेको छ ।
पोर्चुगलको लागि खेलको ३२ मिनेटमा एनिसिओ कारेलले विजयी गोल गरे ।
अष्ट्रियाको जोहन्स मोसले सर्वाधिक ८ गोल गर्दै गोल्डेन बुट जित्दा पोर्चुगलकै काब्रोलले ७ गोलसहित सिल्भर बुट जिते ।
यसअघि भएको तेस्रो स्थानको खेलमा इटालीले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले हरायो ।
सेमिफाइनलमा इटाली अष्ट्रियासँग २-० ले र ब्राजिल पोर्चुगलसँग ५-४ ले पराजित भएका थिए ।








प्रतिक्रिया