काठमाडौं, भारतको सर्वश्रेष्ठ साहित्य पुरस्कार एकेडेमी पुरस्कार २०२५बाट दार्जीलिङका दुई साहित्यकारहरु पुरस्कृत हुने भएका छन् ।
डा साङमु लेप्चालाई उनको बाल उपन्यास शान्ती वनको लागि बाल साहित्य एकेडेमीबाट सम्मानित गरिने भएको छ । यो उपन्यासमा पूर्वी हिमाली क्षेत्रका आदिवासी लोककथाहरुलाई, चराहरुको कथालाई सहज तरिकाले बुनिएको छ । पाठकहरुले पर्यावरण र साँस्कृतिक सम्पदा संरक्षणको महत्वबारेमा साहित्यिक रसास्वादन गर्न पाउनेछन् ।
उता सुवास ठकुरी भने उनको कविता सङग्रह जुनको आँशुको लागि युवा पुरस्कारबाट पुरस्कृत भएका छन्।
दुवै पुरस्कार जुन १८मा बसेको साहित्य एकेडेमीको बोर्डको बैठकले घोषणा गरेको हो ।








प्रतिक्रिया