४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

केही ढिलो हुन सक्छ तर शिक्षा ऐन आउँछ-महामन्त्री शर्मा ।



झापा , नेपाली काङग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केही ढिलो भएतापनि शिक्षा ऐन ल्याएरै छाड्ने बताएका छन् । झापा धुलावारीमा आयोजित नेपाल शिक्षक सँघ तथा नेपाल शिक्षक महासँघका पदाधिकारीहरुसँग छलफल गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो-हामी शिक्षकहरुको मागसँग सहमत छौं । संसदको बजेट अधिवेशन लम्ब्याएर भएपनि, असार नभए साउनको केही दिन लिएरै भएपनि शिक्षा ऐन जारी गर्नेछौं । शिक्षकहरुको २९ दिने आन्दोलनबाट सरकारसँग गरिएको सम्झौता पालना गर्न हाम्रो पार्टी प्रतिबद्ध छ । मैले सँसदमा शिक्षा विधेयकमा बोल्दा आफूले पढेको विद्यालयमा घन्टी हान्ने कर्मचारी र लेखामा काम गर्ने कर्मचारीको तस्विर झलझली देखेको छु ।

उहाँले बालविकासका सहजकर्ता र विद्यालय कर्मचारीहरुलाई विद्यालय शिक्षामा ल्याएर समेटिने बताउदै अस्थायी राहत लगायतका शिक्षकहरुको जायज माग सम्बोधन गरिने बताउनु भयो । अस्थायी सेवा अवधी गणना गरिने कुरामा काङ्ग्रेस पार्टी प्रतिबद्ध भएको बताउदै महामन्त्री शर्माले बढुवाको सम्बन्धमा महासँघसँग गरिएको सम्झौता पालना गरिने चर्चा गर्नुभयो।

सो कार्यक्रममा नेपाल शिक्षक सँघ कोशी प्रदेश कार्य समितीको अध्यक्ष तेजप्रसाद चोलागाइले वर्षौंसम्म अस्थायी बनेर रित्तोहात घर फर्कन बाध्य बनेका शिक्षक, विद्यालय कर्मचारी तथा बालविकास सहजकर्ताहरुको पींडा प्रति महामन्त्रीको हैसियतले सरकार तथा संसदमा जोडदार माग राखेर ऐनमार्फत सम्बोधन गर्न आग्रह गर्दै काठमाडौ केन्द्रित सडक आन्दोलनको सत्तरी प्रतिशत आन्दोलनको हिस्सा नेपाल शिक्षक सँघले धानेको बताउनु भयो ।

उक्त अवसरमा नेपाल शिक्षक सँघ झापाको सह-सचिव तथा लेखक मनु योङहाङको चौथो कृति उपन्यास थोक्फेला महामन्त्री माननिय शर्मालाई लेखकले प्रदान गर्नु भएको थियो । पुस्तक ग्रहण गर्दै महामन्त्री शर्माले लेखकलाई शुभकामना र लेखनमा थप सफलताको कामना समेत गर्नुभयो ।

नेपाल शिक्षक सँघको झापाका अध्यक्ष तोयानाथ दाहालले सन्चालन गर्नु भएको सो कार्यक्रममा नेपाल शिक्षक महासँघ झापाको अध्यक्ष नेत्र खरेलले पनि सम्बोधन गर्नुभएको थियो । नेपाल शिक्षक सँघ झापा जिल्ला कार्यसमिती र शिक्षक महासँघको पदाधिकारीहरुको भब्य उपस्तिथी सो कार्यक्रममा रहेको थियो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : १५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज