५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कविता:- के को घमण्ड



कविता- के को घमण्ड

-शिवराज कोइराला

आवाज मधुरो भएर के भो त ?

रहर छ भने आएर सुन त ।

के सीप हो ? तिमीले जानेको छ कति?

के को घमण्ड तिमी नै भन त ?

धन दौलत उमेर सदा रहन्न,

छुच्याइ गर्दा कसैले सहन्न ।

सीप बेची खाउ छुल्याई हुँदैन्,

आफ्नै जे ठान्छौं, तिमीसँग रहन्न ।

सादा जीवनमा रमाउन सिक।

बेठीक के हो ? कुन कुरा ठीक,

सदा बिचारी अघि हिड्नेलाई

साथी संगी सब रहन्छन् समीप !

-विराटनगर

(नेपाल शिक्षक संघ, मोरङका पूर्व अध्यक्ष शिवराज कोइराला निवृत्त शिक्षक हुनुहुन्छ । स्वच्छन्द प्रकारका छन्दमा कविता लेख्नुहुने शिव सरको कवितामा सामाजिक सन्देश खुलेको छ । तपाईपनि आफ्ना रचनाहरु हिलिहाङ साहित्यमा पठाउन सक्नु हुनेछ ।)

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ६ : ०५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज