जोरपोखरी, हिलिहाङको जोरपोखरीमा सम्पन्न जील्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुदमा फिदिम नगरपालिका, याङवरक गाँउपालिका र फाल्गुनन्द गाँउपालिकाले क्रमश : प्रथम, दोश्रो र तेश्रो स्थान हासिल गरेका छन् । आयोजक हिलिहाङ गाँउपालिका भने चौथो बनेको छ ।
फिदिमले २४ स्वर्णसहित १७ रजत र ५ काश्य गरेर ४६ पदक जित्दा याङवरक गाँउपालिकाले २३ स्वर्ण १४ रजत र १३ काश्य जित्यो । फाल्गुनन्द गाँउपालिकाले ८ स्वर्ण ६ रजत १४ काश्य जित्दा आयोजक हिलिहाङ गाँउपालिकाले भने ४ स्वर्ण ८ रजत र १२ काश्य पदकमा नै चित्त बुझाउनु पर्यो ।
उता मिक्लाजुङ, कुम्मायक र फालेलुङले भने समान २,२ स्वर्ण पदक जित्दा तुम्बेवा गाँउपालिकाले भने १ स्वर्ण, १ रजत र १ काश्य पदक जीत्यो ।








प्रतिक्रिया