५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङ पाथीभरा क्षेत्रमा बोलेरोमा करेन्ट लाग्दा चारजनाको निधन, दुईजना सख्त घाइते



ताप्लेजुङ,ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा आज एकाबिहानै  बोलेरोमा करेन्ट लागेर दु:खद  घटना भएको छ।
पाथीभरा दर्शनको लागि फूङलिङबाट पाथीभरा फेदितर्फ जाँदै गरेको मे.१ ज ३०११ नंको  बोलेरोमा बिजुलीको तार खसेको थियो । सो  दु:खद घटनामा परेर चार जनाको निधन हुनुको साथै दुईजना घाइते भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
ताप्लेजुङ प्रहरीको प्रारम्भिक जानकारी अनुसार पाथीभरा मुक्कुमलुङ क्षेत्रको तेर्से देउराली नजिकै बोलेरो गाडिको हुडमा बिजुलिको तार खसेको थियो । बिजुलीको तार खसेर करेन्ट लाग्दा फुङलिङ नगरपालिका १० का सवारी चालक वर्ष ४२ का दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापा जिल्लाका वर्ष ६९ की सरिता पौडेल, उहाँका श्रीमान् झापाकै वर्ष ७० का विनोद पौडेलको मृत्यु भएको हो ।
गाडीमा चालक सहित  ६ जना सवार रहेको बताइएको छ ।
अन्य घाईतेहरुमा ललितपुरकी वर्ष ४५ की सविना आचार्य र उहाँका छोरा अभियम आचार्य छन्।
घाइतेहरुलाईउपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको जनाइएको छ । घाईतेहरुको अवस्था गम्भिर रहेको बताइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ८ : ५७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज