४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल शिक्षक महासंघले शैक्षिक हड्ताल र आन्दोलनलाई थप प्रतिबध्दता र सहभागिताका साथ अघि बढाउने



काठमाडौं, नेपाल शिक्षक महासंघले काठमाडौमा जारी शैक्षिक हड्ताल र आन्दोलनलाई थप प्रतिबध्दता र सहभागिताका साथ अघि बढाउने भएको छ । नेपाल शिक्षक महासंघको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज सामाजिक सन्जाल मार्फत यस्तो तथ्य सार्वजनिक गर्नु भएको हो ।
अध्यक्ष सुवेदीले आन्दोलनको बारेमा सामाजिक सन्जालमा लेख्नु भएको छ-
आदरणिय साथीहरु,
१.अब हामी निर्णायक मोडमा आइपुगेका छौं । हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ । त्यसैले अझ बढी प्रतिबध्दता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन ।
२.देश भरिका सबै साथीहरु आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौं । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौं आइपुग्नुहोला ।
३.अनधिकृत विचार, अफवाह, षडयन्त्र र भ्रामक समाचार प्रति सचेत रहनुहोला ।
“मेरो आन्दोलन, मेरो सहभागिता ।”
“बलियो उपस्थिति बलियो आन्दोलन, बलियो आन्दोलन बलियो उपलब्धि ।”

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ७ : ४७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज