४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

‘पूर्व सर्तबारे सरकारले स्पष्ट नपारी वार्ता हुँदैन’अध्यक्ष लक्ष्मीकिशोर सुवेदी



काठमाडौं। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायत मागसहित काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले आज मंगलबार पनि प्रदर्शन गर्दैछ।

देशभरबाट भेला भएका शिक्षक–कर्मचारीहरूको सहभागिता मध्याह्न १२ बजे काठमाडौंको माइतीघरमा भेला भइ जुलुस प्रदर्शन गरिने भएको छ।

जुलुस वानेश्वरतर्फ गएर विरोध सभाका रुपमा परिणत हुने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। उक्त सभा दिउँसो ३ बजे समापन गरिने जनाइएको छ।

वार्ता र संवाद भएको भन्ने कुराको भ्रममा नपर्न अध्यक्ष सुवेदीले आग्रह गरेका छन्। आफूहरुले राखेका पूर्व सर्तबारे सरकारले स्पष्ट पारेपछि मात्र वार्ता हुन सक्ने अडान महासंघको छ।

आन्दोलन कार्यक्रमबारे सन्देश जारी गर्दै अध्यक्ष सुवेदीले भनेका छन्–

सञ्जालमा आउने सबै समाचार सत्य हुँदैन र अहिले आन्दोलन कमजोर बनाउने षडयन्त्रहरु समेत भइरहेका छन्। त्यसैले अनाधिकृत समाचारहरुलाई नपत्याउनु हुन अनुरोध छ। वार्ता र संवाद भएको भन्ने समाचारको भ्रममा नपर्न सबै मित्रहरुमा अनुरोध छ। हामीले राखेका पूर्व शर्तका बारे सरकारले आफूलाई स्पष्ट पारेपछि मात्र वार्ता हुनसक्ने कुरा हामीले बारम्बार भनिरहेका छौ।

आदरणीय साथीहरु, हामीलाई थाक्ने सुविधा छैन। आठ महिना लगातार शिक्षक आन्दोलन भएका विश्व उदाहरणहरु छन्। हाम्रै देशमा राजनीतिक परिवर्तनका आन्दोलन पनि लामालामा भएका हुन्। परिणाम नलिई विद्यालय फर्कने सुविधा हामीलाई छैन। आउन बाँकी आफ्ना साथीलाई फोन गरी बोलाउनुहोला। अब झन् निर्णायक बल चाहिएको छ।

‘मेरो आन्दोलन मेरो सहभागिता’, ‘बलियो उपस्थिति, बलियो आन्दोलन, बलियो आन्दोलन बलियो उपलब्धि’

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ११ : २२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज