६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रधानमन्त्रीलाई कांग्रेस नेता जीवन परियारको खुला पत्र : सरकार किन गम्भीर हुँदैन ?



काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै उनले शिक्षकहरूको मागप्रति सरकार किन गम्भीर नभएको भनेर प्रश्न गरेका छन् ।

सहमहामन्त्रीको पत्र यसप्रकार रहेको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू

जय नेपाल !

विषय : नेपाल शिक्षक महासंघको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई जोडदार माग गर्दै, खुल्ला–पत्र ।

नेपाल शिक्षक महासंघले विगत वर्षदेखि चरणबद्ध आन्दोलन गर्ने क्रममा यही चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेको व्यहोरा अवगत नै छ । नेपाल शिक्षक महासंघसँग विगतमा सरकारले पटक–पटक सम्झौता गरेको विषय स्मरण गराउन चाहन्छु । महासंघले उठाएका जायज मागप्रति हाम्रो समर्थन रहेको छ ।

पार्टीको तर्फबाट अनौपचारिकरूपमा सरकारका सरोकारबाला मन्त्रीहरूसँग बारम्बार छलफल भएको नै छ । तथापी आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद पक्ष हो भन्ने हामीलाई लागेको छ ।

सोमबारदेखि २०८२ साल प्रारम्भ भएको छ। आम नेपाली जनता नयाँ वर्ष आ–आफ्नो तरिकाबाट मनाउँदै छन् तर आम शिक्षक साथीहरू माईतिघरमा आन्दोलन गर्नुपर्ने परिस्थिति सृजना भएको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

सरकार किन गम्भीर हुँदैन । के शिक्षकको शालिनतालाई कमजोरीकारूपमा त हेरिएको होइन ? यदि सरकारले शिक्षक महासंघको आन्दोलन अब १–२ दिनभित्र समाधान नभएमा नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरता पूर्वक लिनु पर्दछ भन्ने मेरो पार्टीसँग समेत जोडदार माग रहनेछ ।

जय नेपाल !

जीवन परियार

प्रतिनिधिसभा सदस्य एवं सहमहामन्त्री, नेपाली कांग्रेस ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १० : ५० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज