३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रियङ्का गान्धीक‍ो केरलको वायनाड सिटमा चारलाख मतान्तरद्वारा जित



काठमाडौं, हालै सम्पन्न ल‍‍ोकसभा उपनिर्वाचनमा भारतीय राष्ट्रिय काङ्ग्रेसको महासचिव तथा गान्धी परिवारको सदस्य प्रियङ्का गान्धीले अत्यधिक मतद्वारा केरलाक‍‍ो वायनाड सिटमा विजयी हुनुभएको छ।

भरखरै सम्पन्न मतगणनाबाट हात चुनाबचिन्ह रहेको उहाँले ६ लाख २२ हजार ३३८ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिद्वन्दी भारतीय जनता पार्टीको नब्या हरिदासले १ लाख ९ हजार ९३९ मत प्राप्त गर्नुभयो । उहाँहरुको मतान्तर ५ लाख १२ हजार ३९९ रह्यो ।

उता महाराष्ट्रको नान्देड लोकसभा सिटमा काङ्ग्रेसकै रविन्द्र चवन १ हजार ४५७ मतको  झिनो मतान्तरले विजयी हुनुभयो । उहाँले ५ लाख ८६ हजार ७८८ मत प्राप्त गर्दा भाजपाक‍‍ो डा. सन्तुकरावले ५ लाख ८५ हजार ३३१ मत प्राप्त गर्नुभयो ।

यो जितसँगै अब ल‍ोकसभामा काङ्ग्रेसको १०२ सिट पुगेको छ।

उता झारखण्ड विधानसभा निर्वाचनमा काङ्ग्रेसकै नेतृत्वको इण्डिया गठबन्धनले जित हासिल गरेको छ। इण्डिया गठबन्धनले ८१ सिट रहेको विधानसभामा ५६ सिट जित्दा भाजपाको एनडिएले २५ सिट जित्यो । बहुमतको लागि ४१ सिट आवश्यक थियो

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १० : ३१ बजे

कविता: एउटा सपना हराएको यात्री

कविता: एउटा सपना हराएको यात्री -गीता गुरुङ, भद्रपुर, झापा ।

डिभिजन टु क्रिकेट: नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित

काठमाडौं, डिभिजन टु क्रिकेटमा नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित भएको

एक थान गजल

गजल -जयप्रसाद ओझा, हिलिहाङ-४, पाँचथर हाल मलेसिया न यो शहर

निमाविमा कोशी प्रदेशमा सत्र प्रतिशत सफल

काठमाडौं, शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह प्रथम पत्र सामान्य परिक्षाको

इतिहासमा बहुलरङ्गवादी प्रवाह: धर्मेन्द्र नेम्बाङको पितापुर्खाको कथा

इतिहासमा बहुलरङ्गवादी प्रवाह:पितापुर्खाको कथा -मनु योङहाङ, हिलिहाङ-३, कुर्लुम्बा पाँचथर ।