काठमाडौ, यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार एक अमेरिकी र एक ब्रिटिस वैज्ञानिकले संयुक्तरुपमा जितेका छन् ।
अमेरिकी वैज्ञानिक जोन जे हप्फिल्ड र ब्रिटिश क्यानडेली कम्युटर वैज्ञानिक जफ्री इ हिन्टनलाई यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार दिइने नोबेल फाउण्डेसनले जनाएको छ ।
एआईसम्बन्धी आविष्कारका लागि अमेरिकी वैज्ञानिक जोन जे हप्फिल्ड लाई यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार दिइएको हो ।
कृत्रिम स्नायु सञ्जालसँग यान्त्रिक सिकाई सक्षम हुने खालको मौलिक खोजी र आविष्कारका लागि ब्रिटिश क्यानडेली कम्युटर वैज्ञानिक जफ्री इ हिन्टनलाई यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार दिइएको नोबेल फाउण्डेसनले जनाएको छ ।
विजेताहरूले १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार पाउनेछन ।
प्रकाशित मिति :
२२ आश्विन २०८१, मंगलबार ६ :
०६ बजे
प्रतिक्रिया