६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

चितवन सिमलतालमा बस र ट्रक ठोक्किए, तिन घाइते ।



काठमाडौं- चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किँदा ट्रक ड्राइभरसहित तीन जना घाइते भएका छन्।

घाइते हुनेहरूमा चालक धादिङ राेराङ गाउँपालिका- ३ बस्ने २८ वर्षीय राजन क्षेत्री, बाराको आदर्शकोतवाला गाउँपालिका ५ बस्ने वर्ष ३० वर्षीय मन्ज रावल बराई र उनका ६ वर्षीय छाेरा आशिष रावल बराई रहेकाे जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जानकारी दिए।

चालककाे दाहिने हातमा चाेट लागेकाे छ। उनकाे अवस्था सामान्य छ। यसैगरी मन्जको घाँटीमा चाेट लागेकाे छ भने आशिषकाे पेटमा भित्री चाेट लागेकाे छ। दुवैकाे अवस्था मध्यम रहेकाे सूचना अधिकारी रिजालले जानकारी दिए।

भारतीय नम्बर प्लेटकाे बसमा ४८ जना सवार थिए। बसमा सामान्य क्षति भएकाे छ।

घाइतेहरूलाई घटनास्थलबाट अस्पतालतर्फ पुर्‍याइँदैछ। घटनाकाे विस्तृत विवरण आउँदैछ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ८ : २५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज