१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

चितवन सिमलतालमा बस र ट्रक ठोक्किए, तिन घाइते ।



काठमाडौं- चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किँदा ट्रक ड्राइभरसहित तीन जना घाइते भएका छन्।

घाइते हुनेहरूमा चालक धादिङ राेराङ गाउँपालिका- ३ बस्ने २८ वर्षीय राजन क्षेत्री, बाराको आदर्शकोतवाला गाउँपालिका ५ बस्ने वर्ष ३० वर्षीय मन्ज रावल बराई र उनका ६ वर्षीय छाेरा आशिष रावल बराई रहेकाे जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जानकारी दिए।

चालककाे दाहिने हातमा चाेट लागेकाे छ। उनकाे अवस्था सामान्य छ। यसैगरी मन्जको घाँटीमा चाेट लागेकाे छ भने आशिषकाे पेटमा भित्री चाेट लागेकाे छ। दुवैकाे अवस्था मध्यम रहेकाे सूचना अधिकारी रिजालले जानकारी दिए।

भारतीय नम्बर प्लेटकाे बसमा ४८ जना सवार थिए। बसमा सामान्य क्षति भएकाे छ।

घाइतेहरूलाई घटनास्थलबाट अस्पतालतर्फ पुर्‍याइँदैछ। घटनाकाे विस्तृत विवरण आउँदैछ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ८ : २५ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र