५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इलाम माङसेबुङका क्यान्सरपिडित सरिता योङहाङलाई योङहाङ समाज कोरियाबाट रु ३ लाख ३३ हजार सहयोग



विर्तामोड । इलाम माङसेबुङ-१ का क्यान्सरपिडीत तीस वर्षिया सरिता योङहाङलाई योङहाङ समाज कोरियाले नगद रु ३ लाख ३३ हजार सहयोग गरेको छ ।

योङहाङ समाज कोरियाबाट सहयोग सङ्कलित रकम योङहाङ समाज कोरियाका अध्यक्ष  सरोज योङहाङले पठाउनुभएकोमा सो रकम आज विर्तामोड-४ अन्नपूर्ण टोलमा बस्नुहुने क्यान्सरपिडित  सरिता योङहाङलाई उपन्यासकार तथा अधिवक्ता मनु योङहाङ किराँत योङहाङ कुलवंश प्रतिष्ठानका केन्द्रिय अध्यक्ष धनराज योङहाङ र चर्चित कलाकार विशाल योङहाङले एक कार्यक्रममा हस्तान्तरण गर्नुभयो ।

हस्तान्तरण कार्यक्रममा अध्यक्ष धनराज योङहाङले कोरियावासी योङहाङ दाजुभाइहरुले सहयोग गरेर उदाहरणिय काम गरेको बताउनु भयो ।

अधिवक्ता तथा लेखक मनु योङहाङले  सहयोगी सम्पूर्ण हातहरुलाई धन्यवाद दिंदै यसप्रकारको सामुहिक भावनाबाट बिरामीमा आर्थिक मात्र नभइ मानसिक उर्जा र उत्प्रेरणाले थप साहस उत्पन्न हुने बताउदा कलाकार विशाल योङहाङले थप सहयोग गर्न प्रतिवद्धता जनाउनु भयो ।

विरामी सरीता योङहाङले सम्पूर्ण सहयोगी हातहरु प्रति धन्यवाद दिनुभयो ।

उहाँ केहि महिनादेखि पूर्वान्चल क्यान्सर अस्पताल विर्तामोडमा किमोथेरापीमा उपचाररत हुनुहुन्छ ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  १० : ५४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज