विर्तामोड । इलाम माङसेबुङ-१ का क्यान्सरपिडीत तीस वर्षिया सरिता योङहाङलाई योङहाङ समाज कोरियाले नगद रु ३ लाख ३३ हजार सहयोग गरेको छ ।
योङहाङ समाज कोरियाबाट सहयोग सङ्कलित रकम योङहाङ समाज कोरियाका अध्यक्ष सरोज योङहाङले पठाउनुभएकोमा सो रकम आज विर्तामोड-४ अन्नपूर्ण टोलमा बस्नुहुने क्यान्सरपिडित सरिता योङहाङलाई उपन्यासकार तथा अधिवक्ता मनु योङहाङ किराँत योङहाङ कुलवंश प्रतिष्ठानका केन्द्रिय अध्यक्ष धनराज योङहाङ र चर्चित कलाकार विशाल योङहाङले एक कार्यक्रममा हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरण कार्यक्रममा अध्यक्ष धनराज योङहाङले कोरियावासी योङहाङ दाजुभाइहरुले सहयोग गरेर उदाहरणिय काम गरेको बताउनु भयो ।
अधिवक्ता तथा लेखक मनु योङहाङले सहयोगी सम्पूर्ण हातहरुलाई धन्यवाद दिंदै यसप्रकारको सामुहिक भावनाबाट बिरामीमा आर्थिक मात्र नभइ मानसिक उर्जा र उत्प्रेरणाले थप साहस उत्पन्न हुने बताउदा कलाकार विशाल योङहाङले थप सहयोग गर्न प्रतिवद्धता जनाउनु भयो ।
विरामी सरीता योङहाङले सम्पूर्ण सहयोगी हातहरु प्रति धन्यवाद दिनुभयो ।
उहाँ केहि महिनादेखि पूर्वान्चल क्यान्सर अस्पताल विर्तामोडमा किमोथेरापीमा उपचाररत हुनुहुन्छ ।
प्रतिक्रिया