पाँचथर, शिक्षक सेवा आयोगले प्रावि तहको प्रथम पत्र वस्तुगत परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।
पाँचथर जिल्लाबाट यो पटक प्रावि तहको प्रथमपत्र वस्तुगत परिक्षामा तीनसय बयालिस जना उत्तीर्ण भएको शिक्षक सेवा आयोगले जनाएको छ ।
पाँचथर जिल्लाबाट एक सय चार जना प्रावि शिक्षकको लागि एक हजार पाँच सय तेह्र जना परिक्षार्थी सहभागी थिए। खुला ५८, महिला १६, आदिवासीजनजाति १३, मधेसी १०, दलित ४ तथा अपांगता र पिछडिएको क्षेत्रमा २,२ जना माग गरिएको आयोगको परीक्षा यहि असार २२ गते झापा जिल्लामा भएको थियो ।
प्रतिक्रिया